मूल्यवृद्धिको विरुद्ध विप्लव द्धारा कार्तिक ३० गते नेपाल बन्दको घोषणा

रौतहट, २६ कार्तिक । पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्य वृद्धिको विरोधमा विप्लव माओवादीले आउदो कार्तिक ३० नेपाल बन्दको घोषणा सहित कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।
प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले जनतालाई राहत दिनुको साटो उल्टै तिन तिन चोटी जनाको ढाँड सेक्ने कार्य गरेको आरोप लगाउदै आउदो ३० गते नेपाल बन्द गरेर राज्य विरुद्ध चर्को विरोध प्रदर्शनको तयारीमा जुटेका हुन् ।
आयल निगमले ४७ मा खरिद गरेको पेट्रोल १३६ मा विक्रि गरेर प्रतिलिटर ८९ रुपैया मुनाफा लिईरहेका त्यत्रो रकम कहा लगिदैछ त्यसको हिसावकिताव किन हुदैन भनेर विप्लव माओवादीको महासचिव विप्लबद्धारा हस्ताक्षरित विज्ञप्तीमा संघर्षका कार्यक्रमहरु सार्वजनिक गरिएका छन् । उक्त विज्ञप्तीमा भनिएको छ ७० रुपैयामा पेट्रोल विक्री गर्नुपर्ने तर जनता माथि बोझ थुपार्ने कार्य तत्काल बन्द गर्नुपर्ने बताए ।