देशभरीमा पछिल्लो २४ घण्टामा ३९७ जना कोरोना संक्रमित पुष्टि

तराई टप संवाददाता
रौतहट, २६ कार्तिक । पछिल्लो २४ घण्टामा देशभरीबाट ११ हजार ६६ जनाबाट संकलन गरिएको नमूनाबाट ३९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३८९ जना संक्रमण मुक्त भएको हो । देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १६ हजार ४१५ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ३७ पुगेको छ । संक्रमित मध्ये हालसम्म ७ लाख ९७ हजार ४४८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यो सँगै देशभर मृतकको कुल संख्या ११ हजार ४६९ पुगेको छ । हाल देशभर सक्रिय संक्रमित ७ हजार ४९८ जना रहेको पनि मन्त्रालयले जनाएको छ ।