रौतहट, ३ पुस । सेवा निवृत राष्ट्र सेवक कर्मचारीको स्थानीय आयोजनामा माधवनारायणको माधोपुरमा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
डाक फाउण्डेशनको सहयोगमा नेपाल नेत्रज्योती संघ गौर आँखा अस्पताल पुरेनवा गौरको प्राविधिक सहयोग तथा सेवा निवृत्त राष्ट्र सेवक कर्मचारीको स्थानीय आयोजनामा हिजो माधवनारायण नपा ६ माधोपुर स्थित न्यू लिटिल स्टार इङ्गलिश बोडिङ्ग स्कूल माधोपुरमा एक दिने निःशुल्क आँखाको शिविरको आयोजना गरिएका शिविरका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए ।
शिविरमा ४५६ जना महिला पुरुषले आ आफना आँखाको परिक्षण गराएका थिए । जसमध्ये ११८ जनालाई चश्मा, २१६ जनालाई औषधी निशुल्क रुपमा वितरण गरिएको जानकारी दिदैं कार्यक्रम संयोजक पाण्डेले १३२ जनाको आँखामा मोति विन्दु रोग लागेको हुँदा उनीहरुको निशुल्क रुपमा शल्यक्रिया गरेर निको पर्ने उनले स्पष्ट पारे ।
माधोपुरमा रहेका सेवा निवृत्त राष्ट्र सेवक कर्मचारीहरुको समुहले आँखाको शिविर संचालन गराएर स्थानीय बासिन्दाहरु समक्ष लोकप्रिय बनेका छन् । १३२ जनालाई गौर आँखा अस्पतालको बसबाट अस्पतालमा ल्याएर शैल्यक्रिया गराई पुन उनीहरुको घर सम्म निशुल्क रुपमा पुर्याउने व्यवस्थापन गरिएको कार्यक्रम संयोजक पाण्डेले भने ।



बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन