रौतहटको अधिकाँश वडामा नेपाली काँग्रेसको अधिवेशन सर्वसमहतीमा सम्पन्न

तराई टप संवाददाता
रौतहट, २७ कार्तिक । नेपाली काँग्रेसको महाधिवेशन कार्यक्रम अन्तर्गत शनिवार रौतहटको अधिकाँश वडाको अधिवेशन शान्ति सौहादर्यपूर्ण वातावरणमा सर्व सहमतीबाट सम्पन्न भएको छ ।
१६ नगरपालिका, दुई गाउँपालिका गरी १८ पालिका रहेको रौतहट जिल्लामा १५७ वटा वडा रहेको जसमध्ये १५४ वडाको भेला शान्तिपूर्ण एवं सौहादर्यपूर्ण वातावरणमा सर्व सहमतीबाट सम्पन्न भएको हो । ३ वटा वडामा निर्वाचनको प्रक्रियामा जानुपर्ने भएको हुँदा भोली आईतवार अधिवेशन हुने रौतहटको लागि तोकिएको प्रमुख निर्वाचन अधिकृत दिपक रेग्मीले जानकारी दिए ।
नेपाली काँग्रेस पार्टी भित्र सबै भन्दा विवादित जिल्लाको रुपमा रहेको रौतहटमा निर्वाचन गराउनु फलामको च्यूरा चपाउनु जस्तो लागिरहेको थियो प्रमुख निर्वाचन अधिकृत दिपक रेग्मी
निर्वाचन अधिकृत रेग्मीको अनुसार नेपाली काँग्रेस पार्टी भित्र सबै भन्दा विवादित जिल्लाको रुपमा रहेको रौतहटमा निर्वाचन गराउनु फलामको च्यूरा चपाउनु जस्तो लागिरहेका थिए तर आज शतप्रतिशत वडाको अधिवेशन शान्तिपूर्ण रुपमा सर्वसहमतीबाट सम्पन्न हुँदा निकै खुशी लागेको बताए । केही स्थानमा तालमेलमा कमि हुँदा निर्वाचन प्रक्रियामा जानुपर्ने भएको हुँदा उक्त स्थानहरुमा भोली मतदान प्रक्रियाबाट वडा अधिवेशन सम्पन्न गरिने जानकारी दिए ।
रौतहटको क्रियाशिल सदस्यताको विषयलाई लिएर एक सय भन्दा बढि दिन देखि केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसिरहेपनि केन्द्रले आफनो स्वविवेक प्रयोग गरेर निर्णय गरेको निति निर्देशनको पालना गर्दै रौतहटको अधिवेश सम्पन्न गराउने जिम्मेवारी पाएपनि स्थानीय नेता एवं साथीहरुको सहयोगबाट आज वडा अधिवेशनको प्रक्रिया पुरा भएको देख्दा निकै हर्षित बनाएको उनले भने ।
नेपाली काँग्रेसको निर्वतमान सभापति कृष्णप्रसाद यादवले अनावश्यक विवाद खडा गरेर जिल्लालाई बदनाम गराउने केही व्यक्तिहरु सक्रिय रहेको कुरा केन्द्रले चाल पाएपछि क्रियाशिल सदस्यता विवादको टुंगा लगाई अधिवेशन प्रक्रियामा गएको बताए । सधैभरी वृद्धहरु पार्टीलाई अघि बढ्न नदिने मार्गमा तल्लिन रहेको अवस्थामा पार्टीमा युवा शक्तिहरुको जमातलाई पचाउन नसक्ने केही डेट स्पायरीको कारण जिल्लामा गंजागोल अवस्था उत्पन्न भएको हुँदा त्यस्तालाई चिर्दै नयाँ आयाम सहितको नयाँ ढंगबाट पार्टीलाई अघि बढाउने जिम्मेवार युवा साथिहरुको काँधमा आएको उनले स्पष्ट पारे ।