“बेटी रोटीको सम्बन्ध तोड्न पाइदैन, छाटी भन्सार कार्यालय चालु गर” सीमाक्षेत्रका नागरिकहरुको गौरमा प्रदर्शन

0 Shares

रौतहट, ७ पुस । “बेटी रोटीको सम्बन्ध तोड्न पाइदैन, छाटी भन्सार कार्यालय चालु गर” भन्ने नारा सहित रौतहटको सीमानाकाको बासिन्दाहरु गौर भन्सार कार्यालय अगाडी बाटो अवरुद्ध गरेर करिव आधा घण्टा सम्म प्रदर्शन गरेका छन् ।
स्थानीय बासिन्दाहरु प्रदर्शन गरिरहदा सोही समयमा नेपाल सीमाना संघर्ष समिति परोहा रौतहटले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्याललाई प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र समेत बुझाएका हुन् ।
भारत संग जोडिएका रौतहटको इशनाथ नगरपालिका वडा नम्वर १, २ र ४ का सीमानाकाहरुबाट निर्वाध रुपमा गईरहेका चार पाँङ्गे सवारीसाधनलाई आवत–जावतमा रोक लगाएपछि त्यस भेगका बासिन्दाहरुलाई विभिन्न काम बस भारत तर्फ जान र आउन निकै लामो रुप.रुट भएर जानुपर्ने बाध्यतालाई पटक पटक जिल्ला प्रशासन कार्यालय सहित विभिन्न निकायलाई गुहार्दा समेत कुनै वास्ता नगरिएपछि इशनाथ नगरपालिकाका मेयर सहित पूर्व मेयर लगायतका स्थानीय बासिन्दाहरु प्रजिअलाई ज्ञापन पत्र बुझाएर निरन्तर रुपमा संघर्षका कार्यक्रम गर्दै आएका छन् ।
आज सीमाना संघर्ष समिति परोहा ९ ले गौरमा विरोध प्रदर्शन गर्दै भन्सार कार्यालयको ढाँट बन्द गरेर बाटोमै धर्नामा बसेपछि करिव ३० मिनेट सम्म बाटो अबरुद्ध भएका थिए । बाटोमा बसेका बसिन्दाहरुले “बेटी रोटीको सम्बन्ध तोड्न पाइदैन, छाटी भन्सार कार्यालय चालु गर” लगायतका विभिन्न चर्का नाराहरु लगाउदै यथाशिघ्र माग पुरा गर्नुपर्ने प्रदर्शन गरे ।
सीमाना संघर्ष समिति परोहा ९ ले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई प्रजिअ मार्फत बुझाएको ज्ञापन पत्रमा संविधानको धारा १६ ले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने, धारा १७ ले स्वतन्त्रताको हक, धारा १८ मा सामान्ताको हक प्रदान गरेको छ, धारा ३७ ले आवासको हक, धारा ४२ ले सामाजिक न्यायको हक, धारा ४३ सामाजिक सुरक्षा हक र धारा ४६ ले संबैधानिक उपचारको हक प्रदान गरेको छ ।
संविधानले प्रदान गरेको मौलिक हक अन्तर्गत नेपालको जुनसुकै ठाउँहरुमा स्वतन्त्रतापूर्वक सम्मानपूर्वक कानुनको अधिनमा रही बसोबास गर्न पाउने अधिकार प्राप्त गरेको छ । हामी सीमा नजिक बसोबास गर्ने जनताहरु पनि नेपालकै नागरिक हौं । नेपाल र भारत बीच रोटी बेटीको सम्बन्ध सदियौं देखि चलिआएको छ । एक अर्काको देशमा हामी निर्वाध रुपमा हाम्रै नजिकैको सीमानाकाबाट सवारी साधन लिएर आवत जावत गरिरहेका थियौं तर एक्कासी आएर नेपाल सरकारको आदेशले गौर नाका भएर मात्र सवारी साधन (चार पाङ्गे) जाने अन्य नाकाबाट रोक लगाइएको कार्य आदेशलाई तत्काल फिर्ता लिई सीमानाकाको जनता दमन गर्ने कार्य बन्द गर्न प्रधानमन्त्री समक्ष ज्ञापन पत्रको माध्यमबाट माग गरिएका छन् ।
संघर्ष समितिका सदस्य एवं इशनाथ नगरपालिकाका पूर्व जनप्रतिनिधि शेख रइसले सीमाको हामी रक्षा गर्ने सबै दबाव हामी माथि नै थुपार्ने नेपाल सरकारको दोहोरो नीतिबाट सीमा क्षेत्रका जनताहरु आजिज भईसकेको हुँदा अविलम्ब चार पाँङ्गे सवारी साधन माथि रोकलाई खुकुलो बनाई छाटी भन्सारलाई संचालनमा ल्याएर चेकजाँचको व्यवस्थापन गर्न नत्र संघर्षका कार्यक्रम चरम उत्कर्षमा पुग्ने चेतावनी दिए ।

प्रदर्शनका केही तस्वीरहरु

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।