सर्लाही, ७ पुस । झगडा छुटाउन गएका वृद्धालाई ढुंङ्गा लागेर घाइते भएकी वृद्धाको १० दिन पछि उपचारको क्रममा आईतवार विहान मृत्यु भएको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १५ देउराली टोलमा झगडा सामसुम पार्न वा मिलाउन गएका ६५ बर्षीया विष्णमाया बोम्जनलाई गत मंसिर २७ गते ढुंङ्गा लागेर गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते बोम्जनको लालबन्दी स्थित म्याक्स अस्पतालमा उपचारको क्रममा आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।
घर नजिकै भएको झै–झगडामा संलग्न व्यक्तिलाई छुट्याउन जाँदा ईश्वरपुर नगरपालिका वडा नम्वर १२, घारिबथानका वीरबहादुर मोक्तानले प्रहार गरेको ढुंङ्गाले लागेर टाउकोमा गहिरो चोट लागेको थियो ।
सोही दिन लालबन्दी १५ को तल्लो देउरालीमा विवाहको भोज खाएर फर्किएका वीरबहादुर र अन्य व्यक्तिबीच विवाद भएपछि वृद्धा विष्णुुमाया घरबाट निस्किएर विवाद भएको ठाउँमा पुग्दा घटना हुन पुगे ।
ढुंङ्गा प्रहार गर्ने मोक्तानलाई प्रहरीले सोही दिन पक्राउ परे । वीरबहादुर नातामा मृतक विष्णुमायाको ज्वाइँ पर्दछन् ।
ज्यान मार्ने उद्योगमा अनुसन्धान भइरहेको मोक्तानमाथि वृद्धाको मृत्यु भएपछि अब कर्तव्य ज्यान मुद्दामा कारवाही अघि बढाइने जानकारी दिदै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले मृतक वृद्धाको शव प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टम गरी मृतक परिवारलाई जिम्मा लगाइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन