सर्लाही, ११ पुस । सर्लाही जिल्लाको बसबरिया गाउँपालिका वडा नम्वर ३ का वडाध्यक्षको निधन भएको छ ।
बसबरिया गापा ३ भवानीपुर गाउँका ६९ बर्षिय वडाध्यक्ष नन्दलाद महतोको कलेजोको क्यान्सरबाट ग्रसित भई भरतपुर चितवनमा उपचारको क्रममा निधन भएको हो ।
भारतको नयाँ दिल्लीमा उपचार गराएर घर फर्किएका महतोलाई पुनः स्वास्थ्य समस्या बढ्न थालेपछि एक महिनाअघि भरतपुर लगेर अस्पताल भर्ना गरिएको थियो ।
महतो लगातार दुुई पटक नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । उनी २०५४ सालमा तत्कालिन भवानीपुर गाउँ विकास समिति (गाविस) को अध्यक्ष थिए ।
मृतक वडाध्यक्ष महतोको शव भरतपुरबाट अहिले बिहान घर ल्याएर अन्तिम संस्कारको तयारी भइरहेको बसबरिया गाउँपालिका निवासी नेपाली कांग्रेसका नेता गजेन्द्र साहले जानकारी दिए ।
वडाध्यक्ष महतोको निधनपछि बसबरिया गाउँपालिकाले आज बिहीबार एक दिन गाउँपालिका भित्र शोक बिदा दिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन