मौलापुरको पतौरामा साह दम्पत्ती माथि साँघातिक आक्रमण, अवस्था सुधारोन्मुख

   २ कार्तिक २०७७, आईतवार १५:३५  

संजय मिश्रा

रौतहट, २ कार्तिक । रौतहटको मौलापुर नगरपालिकाको पौतारा गाउँमा फेरी एक दम्पत्तीमा साँघातिक रुपमा आक्रमण भएको छ ।
मौलापुर नगरपालिका वडा नम्वर ५ पतौरा गाउँका ३५ बर्षिय हरेन्द्र साह र उनकी श्रीमती शिला देवी साह माथि शनिवार राति १ बजेको समयमा धारिलो हतियारबाट साँघातिक रुपमा हमला भएको हो । साह दम्पती आफनो घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार सहित तिन जनाको संख्यामा आएको अज्ञात व्यक्तिहरुको एक समुहले साह दम्पत्ती माथि साँघातिक आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका छन् ।
अज्ञात व्यक्तिहरुद्धारा गरिएको आक्रमणबाट हरेन्द्रको दाहिने कानको छेउमा र श्रीमती शिलाको दाहिने पाखुरा काटिएर गम्भिर घाउ लागेको छ । उनीहरुलाई गम्भिर अवस्थामा तत्कालै उपचारको लागि एम्बुलेन्सबाट एलएस न्युरो अस्पताल बिरगंज पठाएर उपचार भईरहेका छन् । उपचारको क्रममा रहेका साह दम्पत्तीको अवस्था सुधारउन्मुख हुदै गएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।
साह दम्पत्ती माथि भएको आक्रमणको ठोस कारण खुल्न नसकेपनी घटनास्थलको तथा घटना सम्बन्धमा प्रदेश प्रहरी कार्यालय जनकपुरको प्राविधिक टोलीले तिव्र रुपमा अनुसन्धान गरिरहेको उनले बताए । साह दम्पत्ती संग कसैको पारिवारिक झै झगडा नरहेको तर आक्रमण हुनुको ठोस कारण पत्ता लगाएर दोषि व्यक्तिलाई यथाशिघ्र नियन्त्रणमा लिने दाबी रौतहट प्रहरीका एसपी शाहले गरे ।
रौतहटमा यस अघि देवाही गोनाही नगरपालिका टिकुलिया गाउँका महेश तिवारी दम्पती माथी संघातिक आक्रमण हुँदा श्रीमतीको ज्यान गएका थिए भने महेश अझै उपचारको क्रममा रहेको घटना सेलाउन नपाउदै गएराती फेरी साह दम्पत्ती माथिको आक्रमणले सुरक्षा अवस्थाको पोल खोलिदिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै