नियम कानुन मिच्दै पालिका माथि अनावश्यक रुपमा व्ययभार थुपार्नमा माहिर रहेका प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पालको वक्र दृष्टिबाट पालिकालाई जोगाउन यतिखेर आवाज उठेका छन् ।
बारा, रौतहट र सर्लाही जिल्लाका विभिन्न पालिकामा प्रमुख प्रशासकीय अधिकृतको हैसियतमा जिम्मेवारी सम्हाल्दा अनावश्यक रुपमा कानुनले नमिल्ने खालका विना निर्णयको पालिकामाथि व्यय भार बढाएर आर्थिक अनियमितता गर्नमा खप्पीस रहेका पालको वक्र दृष्टिबाट जोगाउन स्थानीयहरुले जोडदार रुपमा आवाज उठाएका हुन् ।
बारा जिल्लामै बदनाम प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेका प्रमुख प्रशासकीय अधिकृत पाल कानून विपरीत कार्य गर्नमा माहिर रहदै आर्थिक हिनामिना गर्ने बदनाम रहेका छन् ।
मालपोत कार्यालय, गौरमा बस्दा जग्गाको किर्ते गरेको विवादमा फसेका थिए, फेटा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुदाँ आफनो घरमा लगाएको फर्निचरको बिल भौचर गाउँपालिकाबाट फछर्यौट गर्न लेखापाललाई दबाब दिदाँ लखेटिएका थिए ।
फतुवा विजयपुर नगरपालिकामा हुदाँ एकपछि अर्को मौखिक शर्त राखेर बजेटमा मनोमानी गर्न थालेपछि विनियोजित बजेट पनि कार्यान्वयन गर्न सकेका थिएन । सरुवा भएर जहाँ गए पनि २÷३ महिना पनि नवितदै व्यक्तिगत स्वार्थमा लिप्त भई अनावश्यक विल भर्पाइ भुक्तानी गर्न लगाई बिवाद श्रृजना गरेका वकिल पाललाई बारागढि गाउँपालिकामा हाजिर हुन नदिए पछि किर्ते कागजात बनाई देवताल गाउँपालिकामा हाजिर हुन खोज्दा विवादमा परेका थिए ।
हाल चन्द्रनगर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर आएको ३ महिनामै विवादमा फसेका छन् । गाउँपालिकामा हाजिर भई २०८१ आसोज १ गते देखि राजेश पाललाई निजी भान्सेमा र अर्को बारा जिल्लाकै डिलिप पंडितलाई कम्पयुटर अपरेटरमा कार्यपालिकाको निर्णय विना आफु खुशी २०८२ असार सम्मको नियुक्ति दिएको रहस्य बाहिरिएको छ ।
निजी कोठामा बस्दा भाडा मासिक २५ हजार भुक्तानी लिएको, गाउँपालिका र जनताको हितको कार्य स्वमसेवक शिक्षक भर्ना, दिवाखाजा, पोखरीहरु तथा नाढीमन तालको ठेक्काको कार्य अगाडी बढाउनु पर्नेको साटो कानून विपरीत डिजेल तथा पेट्रोल खर्च गरेको, गैरकानूनी रुपमा वितरण गरेको, कार्यालयमा नआए पनि हाजिर बनाउने गरेको, एक दिनमा खाली रहेको ठाउँमा हाजिर गर्ने भएकोले विदाको दिन पनि हाजिर गरी काटने गरेको, भ्रमण आदेश स्वीकृत नै नगराई आफैले आफनो भ्रमण स्वीकृत गरी करिब दुईचार लाख भुक्तानी लिएको, २ ओटा स्टाम्प देखाई २० हजार भुक्तानी लिएको, बारा जिल्लाको फोटोकोपी पेश गरी १५ हजार भुक्तानी लिई ब्रहम लुट मच्चाएको यतिखेर आरोप लागेका छन् ।
गाउँपालिका विरुद्ध चलिरहेको उत्पे्रषण तथा अवलेहना मुद्दाको कानूनी सेवा प्रदान गर्दै आई विद्वान अधिवक्ता पारिश्रमिक भुक्तानी गर्नलाई कर्मचारले भन्दा प्रमुख प्रशासकीय अधिकृत पाले आफु बस्ने कोठाको फर्निचर, फ्रिज, ग्रिजर, ल्यापटपको भुक्तानी भए पछि मात्रै अरु काम गर्ने भनेर फर्काए पछि लिखित रुपमै कर्मचारीले निवेदन दिदाँ गाउँपालिका अध्यक्षले नियमानुसारको भुक्तानी गर्नको तोकआदेश गर्दा पनि भुक्तानी नदिएको र गाउँपालिकालाई उक्त मुद्दामा हराउन भित्री मनसाय रहेको एक कर्मचारीले बताए ।
प्रमुख प्रशासकीय अधिकृत भएर आएपछि सबैलाई समान हिसाबले हेर्नु पर्नुको साटो आफनो बसेको कोठाको भुक्तानी, डिलिप र भान्सेको भुक्तानी, फर्निचर, फ्रिज, गिजर, ल्याप्टपको भुक्तानी मेरो भनी उक्त भुक्तानीहरु नभए अरु कुनै पनि कार्य अगाडी नबढाउने भनी शर्त माथि शर्त राखने गरेकोले गाउँपालिको दैनिक कार्यहरु प्रभावित भएपछि प्रमुख प्रशासकीय अधिकृत पालको कक्षमा गत ११ गते गाउँपालिकाका सचेत नागरिकहरुले ताल्चा लगाउन बाध्य भएको स्थानीय भोला सिंहले गुनासो गरे ।
गाउँपालिका सचेत नागरिकहरुले राखेका मागहरु सम्बोधन हुने पालिका अध्यक्ष राजकुमार महतोले सहमति जनाए पछि आज प्रमुख प्रशासकीय अधिकृत बस्ने कोठाको ताल्चा खोलेका छन् ।
यस्ता भष्ट्र प्रमुख प्रशासकीय अधिकृत रहिरहे आफु सहित सिंगो पालिकाबासीहरु पुनः आन्दोलन गर्ने स्थानीय बासिन्दा सिहंले चेतावनी दिए ।