मुसा मार्ने औषधी खाएर दुई नवालकको मृत्यु निर्दोषलाई फसाउने चलखेल

2629 Shares

तराई टप संवाददाता
गरुडा, २९ कार्तिक । रौतहटको देवाही गोनाही नगरपालिकाको टिकुलिया गाउँमा मुसा मार्ने औषधी खाँदा २ नवालकको मृत्यु भएको विषयलाई लिएर गरुडा नगरपालिकामा प्रदर्शन गरिएका छन् ।
देवाही गोनाही नगरपालिका वडा नम्वर ५ टिकुलिया गाउँ निवासी संजय मुखियाको ५ बर्षिय छोरा आकाश मुखिया र ३ बर्षिय छोरा विकास मुखियाको आईतवार मुसा मार्ने औषधी खाएर मृत्यु भएको विषयलाई लिएर दोषिलाई तत्काल समात्नुपर्ने माग गर्दै स्थानीय बासिन्दाहरुद्धारा रौतहटको गरुडामा प्रदर्शन गरिएका हुन् ।


वैदेशिक रोजगारीको शिलशिलामा साउदीमा रहेको संजय मुखियाको दुवै छोरा शनिवार विहान ८ बजेको समयमा बान्ता गर्न लाग्दा मुखियाको विसुनपुर्वा मानपुरको आफन्त जयलाल मुखियाले घरमै उपचार गरे । घरमा गरिएको उपचारबाट सुधार नआएपछि शिवनगर स्थित संजीवनी अस्पतालमा भर्ना गरियो । त्यहाँ पनि उपचार हुन नसक्दा गरुडा स्थित अनामिका ल्याइयो । अनामिकामा पनि उपचार सम्भव नहुँदा थप उपचारको लागि विरगंज स्थित तराई अस्पताल लगिए तर दुबै बालकको त्यही मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाए ।
मृतक दुवै नबालकको नारायणी अस्पताल विरगंजमा पठाएर पोष्टमार्टम गरिएको जानकारी दिदै इप्रका गरुडाको डिएसपी श्रीराम भण्डारीले बालकलाई मुसा मार्ने औषधी कसले खुवाए वा आफै खाएको भने सन्दर्भमा प्रहरी गम्भीर भएर गहन रुपमा अनुसन्धान गरिरहेकको बताए ।
मृतक नबालकको आमा पंछिया देखि मुखियाले घटना भएकै दिन मेरो छोरालाई कसैले विषादी नखुवाएको प्रहरी समक्ष वयान दिएकी थिइन तर आज आएर उक्त दुखद घटनालाई लिएर गरुडामा प्रदर्शन गरिरहदा सरोकारवाला पक्षहरुलाई राखेर चार दिन भित्र अनुसन्धान गरेर दोषिलाई पत्ता लगाउने प्रतिबद्धता जनाएपछि शव उठाउने सहमती भएको डिएसपी भण्डारीले भने ।
दुवै बालकको शव राखेर गरुडामा २ घण्टा सम्म प्रदर्शन गर्दै दोषिलाई कारवाही र पिडितलाई उचित क्षतिपुर्ती एवं राहतको दिनुपर्ने माग राखेर प्रदर्शन गर्दै बाटो अवरुद्ध बनाए । प्रहरी संग सहमती गरेपनि बाटो अवरुद्ध बनाउन कार्य नछाडेपछि प्रहरीले सामान्य बल प्रयोग गरेर प्रदर्शनकारीलाई हटाइएको इप्रका गरुडाले जनाएको छ ।
गत बर्ष सोही टोलका महेश तिवारी दम्पती माथि धारिलो हतियारबाट साँघातिक हमला गरिएका थिए । सो हमलामा परेर जयरानी देवी तिवारीको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर अवस्थामा रहेका महेशको लामो उपचार बाँच्न सफल भए तर उपचार जारी नै छ । सोही घटनामा संलग्न एक जनाको नाम फिर्ता गराउन महेश तिवारी लगायत उनका केही आफन्तहरुलाई बालक हत्यामा जवरजस्ती नाम मुर्छन खोजिएको प्रहरी श्रोतबाट बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार