पेटभर्वामा सुरुङ खनेर पाँच लाखको चोरी

0 Shares
रौतहट, १८ पुस । रौतहटको फतुवा विजयपुर नगरपालिका क्षेत्रमा घरको भित्तामा सुरुङ खनेर पाँच लाख मूल्य बराबरको धनमाल चोरी भएका छन् ।
फतुवा विजयपुर नगरपालिका वडा नम्वर ६ पेटभर्वा गाउँका अच्छेलाल साहको घरमा गएराति १२ बजेको समयमा चोर समुहले घरको भित्तामा सुरुङ खनेर पाँच थान मोवाइल, गरगहना सहित नगद दुई लाख चोरी गरेका हुन् ।
चोरी भएपछि पिडित साह परिवारले इलाका प्रहरी कार्यालय सन्तपुरमा जानकारी गराए पनि तत्कालै प्रहरीले कुनै वास्ता गरेन । गाउँका युवाहरूले आफै चोरलाई समात्न सक्रिय भए । जसअनुसार मोवाइलको लोकेशन पत्ता लगाउन सुरु गरे ।
खोजतलास गर्दै जाँदा फतुवा गाउँको मठछेउका चार जना चोरलाई फेला पार्न सफल भए । उनीहरूसँगै चोरी भएका मोबाइल, नगद र गरगहना फिर्ता गराउन युवाहरूले तत्परता देखाए । पछि, इलाका प्रहरी कार्यालय विजयपुरले उक्त चोरहरूलाई नियन्त्रणमा लिएको श्रोतले बतायो ।
स्थानीयका अनुसार अनुसार पक्राउ परेका चोरहरू बाराको कलैयाबाट घुम्दै मागेर गुजारा गर्दै आएका युवाहरु रहेको बुझिएको छ । इलाका प्रहरी कार्यालय सन्तपुरको कमजोर गस्ती व्यवस्थाका कारण पटक पटक यस्ता चोरीका घटना भइरहने गुनासो पनि गाउँलेहरूले गरे ।
भर्खरै मात्र पेटभर्वा गाउँमा चार वटा घरमा चोरी भएको घटनाको अनुसन्धान अझै थालिनु नसकेको र निरन्तर चोरीको डरले गाउँले त्रसित बनेका छन् । यस्ता घटनाले स्थानीय प्रहरीको कार्यशैली माथि प्रश्नचिन्ह् खडा भएको ति युवा समुहले आरोप लगाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।