0
Shares
रौतहट, २० पुस । नेपालमा अहिले पश्चिमा बायुको सामान्य प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमा वायुको प्रभावले मधेश प्रदेश सहित तराईको भु भागमा बाक्लो हुस्सु लाग्ने, गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भु भागमा आँशिक बदली तथा बाँकी भुभागमा मौसम मुख्यतया सफा रहेको हो ।
आज दिउसो देशभरी मौसम सामान्यतया सफा रहने छ । रातिको समयमा हिमाली भु भागको केही क्षेत्रमा आँशिक बदली रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरोको लागेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट