सर्लाही, २० पुस । कठ्याँग्रिदो चिसोबाट विद्यार्थीहरुलाई जोगाउन प्राथमिक विद्यालयका बालबालिकाहरुलाई सर्लाहीको रामनगर गाउँपालिकामा शुक्रवार न्यानो कपडा वितरण गरिएका छन् ।
रामनगर गाउँपालिका वडा नम्वर ५ स्थित रहेका जनता प्राथमिक विद्यालयमा अध्ययनरत करिव ३८३ जना छात्रछात्राहरुलाई न्यानो कपडा वितरण गरिएका हुन् । कठ्याँग्रिदो चिसो मौसममा प्राथमिक विद्यालयका छात्रछात्राहरु न्यानो कपडा पाएपछि निकै हर्षित भए ।
प्राथमिक विद्यालयमा अध्ययन गर्ने निम्न बर्गिय समुदायका प्राय बालबालिकाहरु अध्ययन गर्ने गरेको हुँदा उक्त अवस्थालाई मध्यनजर राख्दै वडा स्तरिय योजना अन्तर्गत विद्यार्थीहरुलाई न्यानो कपडा वितर(ा गरिएको वडाध्यक्ष नन्दनप्रसाद यादवले जानकारी दिए ।
विद्यार्थीहरूलाई न्यानो ट्रयाक्सुट सेट वितरण गरेका हुन् । ‘जाँडोबाट बच्न र बचाउन’ भन्ने उद्देश्यका साथ न्यानो पोशाक वितरण गरिएको वडा अध्यक्ष यादवले भने ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्णनन्दन प्रसाद यादवले चिसो बढिरहेको समयमा वडाले गरेको कार्य सराहनीय रहेको र न्यानो पोशाकले बिद्यार्थीहरुलाई जाडो छल्न सहज हुने बिश्वास व्यक्त गरे ।
सो कार्यक्रममा विद्यालयका शिक्षकहरु, अभिभावकहरुको उपस्थिति रहेको थियो ।

प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट