नेपाली काँग्रेस प्रजातान्त्रिक विचारबाट विमुख भई व्यापारीको गोजीमा गएको अनसनकारी को आरोप

   २९ कार्तिक २०७८, सोमबार १६:०२  

तराई टप संवाददाता
काठमाडौ, २९ कार्तिक । विगत ११६ दिन देखि सानेपा स्थित नेपाली काँग्रेस पार्टी कार्यालयमा धर्नामा बसिरहेता पनि पार्टी नेतृत्वले बेवास्ता गरी गलतलाई संरक्षण दिएको आरोप अनसनमा बसेकाहरुले आरोप लगाए ।
नेपाली काँग्रेस रौतहटका कोषाध्यक्ष राम श्रेष्ठ प्रसाद साहले नेपाली काँग्रेस पार्टीमा बिस्तारै केवल सुकिला–मुकिला मात्रै हावी हुँदै गएको बताए । उनले पार्टीभित्र सुकिला, मुकिला, ठेकेदार, व्यापारी प्रवेश गरेर पार्टीलाई धारासायी बनाउने तर्फ लगिरहेको त्यसैमा पार्टी केन्द्र लागिपरेको आरोप लगाउनु भएको हो ।
गतल व्यक्तिहरुको कारणले नेपाली काँग्रेसले गत चुनावमा हार ब्यर्होनु परेको उनले दावी गरे । पार्टीको क्रियाशील सदस्यता धाँधलीपूर्ण रुपमा वितरण गरेको पनि उनले आरोप लगाए । ११६ दिनदेखि केन्द्रीय पार्टी कार्यालय सानेपामा रिले अनसन बसिरहेका उनले बीपी कोइरालाको ‘प्रजातन्त्र आएपछि पार्टीमा सुकिला, मुकिला हावी हुनेछन् र एकपकट पार्टीका प्रतिवद्ध कार्यकर्ताले त्यसको विरुद्ध आन्दोलन गर्नुपर्नेछ’ भनाइको स्मरणसमेत गरेका थिए ।
आफूहरु न्यायको लागि पार्टी कार्यालयको मूल ढोकामा ११६ दिनदेखि अनसन बस्दा पनि पार्टी नेतृत्व वेवास्ता गरेको प्रति इंकित गर्दै उनले पार्टीमा बीपी कोइराला, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला जस्ता इमान्दार एवम् कार्यकर्ताको भावना बुझ्ने नेता अहिलेको नेतृत्वमा नभएकाले आफूहरुको मागको सुवाइ नभएको दुःखेसो गरे ।
उनले जिल्ला कमिटिको २७ जनामध्ये १७ जनाले, क्षेत्रिय कमिटिमा २६ जनामध्ये २२ जनाले, प्रदेश ‘क’ मा १२ जना मध्ये १० जनाले , प्रदेश ‘ख’ मा १० जना मध्ये ९ जनाले अहिलेका क्रियाशील सदस्यताको विरुद्ध उजुरी दिएपनि त्यसको कुनै सुनुवाई नभएकाले आफुहरु न्यायको लागि अनसनमा बसेको बताए ।
जिल्ला सभापति कृष्णा यादवको समुहको मनपरीतन्त्रले गर्दा क्षेत्र नम्बर १ को क्रियाशील सदस्यता विवाद आएको आरोप लगाउँदै उनले सभापति यादवको कारणनै रौतहटमा नेपाली काँग्रेस कमजोर हुँदै गइरहेको जिकिर गरे ।
उनले शनिबार जिल्लामा भएको वडा अधिवेशन आफुहरुलाई अमान्य भएको त्यसलाई नमान्ने बताए । उनले आइतबार बस्ने पार्टीको केन्द्रिय समितिको बैठकले आफूहरुको माग सुनुवाइ नगरे आन्दोलनको स्वरुप परिवर्तन गरेर अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिए । पार्टी कार्यालयमा अनसनरत नेता कार्यकर्ताहरुले पार्टीको विधान बमेजिम क्रियाशील सदस्यता वितरण नभएसम्म आफूहरुको आन्दोलन जारी रहने बताउँदै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै