सर्लाहीमा इँटा व्यवसायी प्रसाईको हत्या गरिएको शव घरनजिक जमिन मुनीबाट बरामद

0 Shares

सर्लाही, २० पुस । सर्लाहीको हरिवन नगरपालिका घर भएका इँटा व्यवसायीको हत्या गरी जमिनमुनी गाडिएको अवस्थामा शव सर्लाही प्रहरीले बरामद गरेको छ ।
हरिवन नगरपालिका वडा नम्वर १० इनारटोल घर भएका ३९ बर्षिय हरिप्रसाद प्रसाई पुस १५ गते देखि हराईरहेको थिए । प्रहरीले निकै खोजी कार्य गर्दै जाँदा शनिवार विहान ११ बजेको समयमा जमिनमुनी गाडिएको अवस्थामा उनको शव बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।
प्रहरीलाई प्रसाई परिवारले दिएको जानकारी अनुसार पुस १५ गते बिहान बरहथवा नगरपालिका वडा नम्वर ९, मूर्तियाबाट इँटाको पैसा लिएर आउँछु भनेर घरबाट निस्किएका थिए । तर घर नफर्किएर नआएपछि सोही दिनदेखि परिवार, गाउँले, आफन्त र प्रहरी निरन्तर रुपमा प्रसाईको खोजी भईरहेको थियो ।
सोही क्रममा केही शंकाष्पद सामानहरु बरामद भएको सोहीको आधारमा खोजी कार्य गर्नेक्रममा आज बिहान ११ बजेतिर हरिवन नगरपालिका वडा नम्वर १०, स्थित उखुबारीमा हत्या गरेर जमिन मुनी गाडेको अवस्थामा प्रसाईको शव बरामद गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रमुख एसपी रबीन्द्रबहादुर सिंहले जानकारी दिए ।
घटनास्थलमा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह, जिल्ला सरकारी वकील कार्यालयका सहायक जिल्ला न्यायाधीवक्ता, प्रादेशिक अस्पताल मलंगवाका चिकित्सकसहितको टोलीले घटनास्थलको निरीक्षण गरेको उनले भने ।
प्रहरीले प्रसाईको हत्यामा संलग्न हुनसक्ने आशंकामा एक स्थानीय युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । शान्ति सुरक्षामा खलल पुग्ने भन्दै प्रहरीले ती युवकको नाम गोप्य राखेको छ ।
बरामद भएको प्रसाईको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टमपछि परिवारले बुझेर अन्तिम संस्कारको लागि लगिसकेको प्रहरीले जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।