जुमावी गौरको प्रधानध्यापक राउतको कर्तुतको कारण अध्ययनरत विद्यार्थीहरुद्धारा तोडफोड आगजनी

2048 Shares

तराई टप संवाददाता
रौतहट, २९ कार्तिक । सामुदायिक विद्यायलको मूल्य र मान्यता विपरित चर्को शुल्क लिइरहेको आरोपमा रौतहट सदरमुकाम गौर स्थित जुद्ध उच्च माध्यमिक विद्यालयमा विद्यार्थीहरुले सोमवार तोडफोड तथा आगजनी गरेको छ ।
सवैलाई अनिवार्य शिक्षा एवं काही पनि विद्यालय बाहिर नरहुन भने मान्यताका साथ नेपाल सरकारले लागु गरिएको माध्यमिक कक्षा सम्मको निशुल्क शिक्षाको अवधारणालाई धोती लगाउदै जुद्ध माध्यमिक विद्यालयको प्रशासन पक्षले अभिभावकहरुलाई ठग्दै अवैधरुपमा शुल्क उठाएको विरोधमा आज विद्यार्थीहरुले तोडफोड तथा आगजनी गरेको हो ।
अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी नियमावली २०७७ मा समेत सार्वजनिक विद्यालयले माध्यमिक तहसम्मको शिक्षामा कुनै पनि बहनामा शुल्क लिन मनाही गरेको छ । तर रौतहटको गौरमा रहेको देशकै जेठो मध्येको चौथो विद्यालयको रुपमा रहेको जुद्ध माध्यमीक विद्यालयले विद्यार्थीहरुबाट गैरकानूनी तरिकाले शुल्क उठाउने गर्दा आज उक्त घटना भएका हुन् ।


अग्रेंजी माध्यमको शिक्षाको नाममा २०६७÷६८ साल देखी नै विद्यालयले शुल्क उठाउन शुरु गरेको थियो । तत्कालीन प्रधानाध्यापक नागेन्द्र प्रसाद मण्डलले शिक्षा नियमावलीलाई लत्याउदै पैसा कमाउने प्रथाको शुरुवात गरेकोले उनलाई कारवाहीको पहिलो सूचीमा राखिनु पर्ने विद्यार्थी नेता रवि मिश्रले बताए । शिक्षा नियमावलीको घोर उल्लघंन गरेर रौतहटको अभिभावक सँग जबरजस्ती शुल्क उठाउने प्रथाको शुरुवात गर्ने तत्कालीन प्रधानाध्यापक मण्डल देखी वर्तमान प्रधानाध्यापक चन्देश्वर राउत विरुद्ध कानुनी कारवाही हुनुपर्ने विद्यार्थीहरुको माँग गरे ।
“जुमावीका विद्यार्थीहरुले पटक पटक प्रधानाध्यापकलाई शुल्क नउठाउन तथा पाठ्यपुस्तक निशुल्क वितरण गर्न माँग गर्दा समेत विद्यालय प्रशासनले अटेर गर्दै आएको आरोप लगाए ।” अनेरास्वयूका केन्द्रीय सचिवालय सदस्य समेत रहेका मिश्रले भने “गौर नगरपालिकाले सूचनानै जारी गरेर शुल्क नउठाउन भन्दा पनि विद्यालयले मानेको छैन, शुल्क तिर्न नसक्ने गरीबका छात्रछात्राहरुले अझै पुस्तक पाएका छैनन ।” सरकारले भनेको अनिवार्य निशुल्क शिक्षाको जुद्ध विद्यालयले खिल्ली उडाएको उनको तर्क छ ।
दुई थरिको शिक्षा प्रदान गरिरहेको सो विद्यालयले नेपाली माध्यममा पढने विद्यार्थीहरुलाई निशुल्क र अगे्रंजी माध्यममा पढने विद्यार्थीहरुले बोर्डिङ्ग स्कूलमा झै मासिक शुल्क, भर्ना शुल्क, परीक्षा शुल्क र पाठयपुस्तकको समेत शुल्क तिर्नु परेको विद्यार्थीहरुले बताएका छन । आक्रोशित विद्यार्थीहरुले विद्यालयमा रहेका खानेपानीका ट्याङ्कहरु तोडफोड र आगजनि गरेका छन ।
विद्यार्थीहरुले उग्र प्रर्दशन गर्न थालेपछि विद्यालयका प्रधानाध्यापक लगायतका पदाधिकारीहरु विद्यालय छोडेर वेपत्ता भएका छन् । यस भन्दा पहिले पनि विद्यार्थीहरुले प्रदर्शन गर्दा विद्यालयका कर्मचारीहरु घाइते भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।