रौतहट, २१ पुस । पुस महिनाको कठ्याग्रिदो चिसो प्रकोट यति खेर जारी रहेका छन् ।
निरन्तर रुपमा चलिरहेको पश्चिमा वायुको प्रभावको कारण मुटु काम्ने अत्याधिक चिसोबाट रौतहट सहित तराई मधेशका जनजीवन नराम्ररी प्रभावित भएका हुन् । चिसो छल्न स्थानीय बासिन्दाहरु विभिन्न उपायहरु अबलम्बन गर्दैछ भने स्थानीय सकारबाट खासै चिसो छल्ने कुनै उपायहरु गरिएका छैनन् जसको पीडा सर्वसाधारणहरु भोग्न बाध्य छन् ।
विहिन भएपनि रातिको अनुभूति भईरहेका हुन्छ । बाक्लो हुस्सुको कारण बाटो हिड्न समेत गाह्रो परिस्थिति उत्पन्न भएको छ । चिसोबाट गौर नगरपालिका वडा नम्वर ८ पुरेनवाका टेम्पु चालक एकरामुल मियाको शनिवार मृत्यु भएको खवर प्राप्त भएपनि प्रहरीले अहिले सम्म आधिकारीक रुपमा पुष्टि गरेका छैनन् ।
शितलहर, पश्चिमा वायु, बाक्लो हुस्सुका कारण कपकपाउदो चिसोबाट जोगिन न्यानो कपडाको साथै, तातो पानी, तातो झोल पदार्थ, खाएर घरमै बसी आफतको समयमा जीवन जोगाउन चिकित्सकहरुले सलाह दिए ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट