एजेन्सी । चीनमा फ्रलिदै गएका ह्युमन मेटाप्युमो भाइरस (एचएमपीभी) को संक्रमण दक्षिणी मित्र राष्ट्र भारतमा देखा परेका छन् ।
इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) ले कर्नाटकमा दुई वटा एचएमपीभी संक्रमण भेटिएको जनाएका हुन् । उक्त भाइरस संक्रमित व्यक्ति फेला परेपछि कर्नाटकका स्वास्थ्य मन्त्रीले आकस्मिक बैठक बोलाएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
हाल चीनमा ह्युमन मेटाप्युमो भाइरस (एचएमपीभी) को प्रकोप देखिदै गएको छ । भाइरसका कारण ठूलो संख्यामा मानिसले ज्यान गुमाएका खबरहरु आइरहेको हो । भारतमा पनि राज्यहरूले सल्लाह र अलर्ट जारी गरेका छन् । यसका साथै भारतमा एचएमपीभी भाइरसका दुईवटा केस रिपोर्ट गरिएको छ । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसीएमआर) ले एचएमपीभीका दुई केस फेला परेको पुष्टि गरेको छ ।
यसअघि बैंग्लोरको ब्याप्टिस्ट अस्पतालमा एक आठ महिनाकी बालिकामा एचएमपीभी भाइरस जस्ता लक्षणहरू भेटिएको बताइएको थियो । तर, निजी प्रयोगशालामा युवतीमा संक्रमण पुष्टि भएको छ । कर्नाटक स्वास्थ्य विभागले उक्त नमूना आफ्नो प्रयोगशालामा परीक्षण नगरिएको जनाएको छ । एक निजी अस्पतालको रिपोर्टमा यो कुरा बाहिर आएको हो । नमुना सरकारी प्रयोगशालामा पठाइएको छ । कर्नाटक सरकारले भाइरसलाई लिएर अलर्ट जारी गरेको छ ।
एचएमपीभीबाट संक्रमित व्यक्तिहरूसँग नजिकको सम्पर्कमा रहेका व्यक्तिहरूलाई भाइरसको संक्रमण हुने जोखिम हुन्छ । खोक्दा, हाच्छ्युँ गर्दा, छोएर, हात मिलाउँदा पनि सङ्क्रमित व्यक्तिले यो रोग सर्ने गरेको चिकित्सकहरु बताउँछन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन