रौतहट, २२ पुस । करिव सात सय बर्ष अघिको भग्नावेश वाणेश्वर महादेव स्थानमा उत्खनन गर्दा फेला परेका छन् ।
एतिहाँसिक, धार्मिक एव महत्वपूर्ण क्षमताले भरिपूर्ण गौर नगरपालिका वडा नम्वर २ स्थित वाणेश्वर महादेव मन्दीर वरिपरी पुरातात्विक विभागबाट आएका विज्ञहरुले गत ११ दिन देखि निरन्तर रुपमा उत्खनन गर्दा करिव सात सय बर्ष अघि निर्माण भएका संरचनाको भग्नावेश फेला परेका हुन् ।
गौर नगरपालिकाको नगरप्रमुख शम्भु साहले विगत दुई बर्ष देखि पुरातात्विक विभागमा गरिएका प्रयासको नतिजा आज गौर नगरवासी समक्ष देखा पर्न थालिएको वडा नम्वर २ का अध्यक्ष विनोद जयसवालले बताए । नगरप्रमुख साहकै अथक प्रयासको फलस्वरुप वाणेश्वर महादेव मन्दीरको पछाडी र अगाडी तर्फको उत्खनन गर्दा सिम्रौनगढ राजाको समयका इटाहरु बरामद हुनु नै यहाँको महत्वलाई बढाएको छ । त्यती मात्रै नभई त्यसवेलाको गाग्री, घोडाको मकुट सहितका सामानहरु बरामद भएको उनले भने ।
यस्तै गौर नगरपालिका वडा नम्वर ५ का वडाध्यक्ष शिवशंकर यादवले पुरातात्विक विदको रोहवरमा भईरहेको उत्खननबाट गौरमा धार्मिक पर्यटनको महत्वलाई बढाएको चर्चा गर्दै नगरप्रमुख साहको दुरदर्शी सोचका कारण आज नगरवासले सयौं बर्ष पुरानो भग्नावेशहरु फेला पर्दा पक्कै यहाँ धार्मिक महत्व बढेर जाने विश्वास व्यक्त गरे ।
पुरातात्विक विद देबेन्द्र तिवारीले हाम्रो १३ दिनको उत्खननमा धेरै महत्वपूर्ण उपलब्धीहरु प्राप्त भएको बताए । चार फिट तल उत्खनन गर्दा गारो फेला परेको छ । त्यसमा प्रयोग भएको इटा २८ सेन्टिमिटर लम्बाई, ३० सेन्टिटिर चौडाई र ६ सेन्टिमिटर बाक्लो रहेको जानकारी दिदै यो इटा सिम्रौनगढको तत्कालिन साम्राज्यका समयका झण्डै सात सय बर्ष पुरानो इटा रहेको उनले स्पष्ट पारे ।
मन्दीरको पछाडी विश्वकर्मा मन्दीरको दक्षिण तर्फ उत्खनन गर्दा पाँच दिन सम्म केही भेटिएन तर त्यपछि महत्वपूर्ण अवशेषहरु भेटाउन थालेको बताए । बाटो छेउमा खन्दा माटोका पुतलाहरु प्रशस्त पाइयो र मन्दिरको पूर्व तर्फ अगाडी पटि चार फिट खन्दा सात सय बर्ष पुरानो इटाले बनाइएको गारो भेटिएको बताए । यी सबै गौर नगरका नगर प्रमुख शम्भु साहको प्रयास र मेहनतको कारण परिणाम सवै समक्ष रहेको बताए ।
यस विषयमा नगरप्रमुख शम्भु साहले गौरमा बाणेश्वर, शिवालय र सोवर्णामाई मन्दीर धेरै पुरानो भएको र यहाँ उत्खनन गर्दा केही पुरानो भग्नावेशहरु प्राप्त हुनेछ आफूलाई आश थिए तर निकै प्रयास पश्चात पुरातात्विक विदहरुको रोहवरमा निरीक्षण गरेर गएपछि तिन सदस्यीय टोली यहाँ अनवरत रुपमा उत्खनन गर्दा उनीहरु पनि यहाँ केही छैन आश मारिसकेको थिए तर निकै प्रयास पछि सफलता पाइएकोमा खुशी व्यक्त गरे । उत्खनन कार्य जारी रहेको छ हेर्दै जानु केके पाइन्छ । जे पाएपनि गौर नगरपालिकामा धार्मिक पर्यटनका क्षेत्रमा यस उत्खननले धेरै टेवा पुग्ने विश्वास उनले लिए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन