रौतहट, २३ पुस । चीनको स्वशासित क्षेत्र तिब्बतमा मंगलवार विहान गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ५३ जनाको मृत्यु भएको खबर प्राप्त भएका छन् ।
शक्तिशाली भूकम्पको धक्का नेपाल, भारत, बंगलादेश, भुटान सम्म महसुस गरियो ।
आज विहान बिहान ६.५० बजेको समयमा गएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी अहिले सम्म ५३ जनाको मृत्यु भएको छ भने दर्जनौं नागरिक घाइते भएको अन्तरराष्ट्रिय समाचार एजेन्सीले जनाएका छन् ।
स्थानीय चिनियाँ मिडियाले तिब्बतको सिगात्से सहर र वरपर कम्तिमा ५३ जनाको मृत्यु भएको जानकारी दिए । “तिब्बत स्वायत्त क्षेत्र भूकम्प ब्यूरोको एक रिपोर्टरले मानिसहरूको मृत्यु भएको थाहा भएको जनाए ” सिन्ह्वा समाचार एजेन्सीले डिङ्ग्री काउन्टीका चाङ्सुओ, कुलुओ र कुओगुओ टाउनशिपहरु सूचीबद्ध गर्दै भन्यो ।
स्थानीय समय अनुसार बिहान ९ः०५ बजे (०१०५ UTC/GMT) मा गएको भूकम्पको केन्द्रविन्दु करिव १० किलोमिटर (६.२ माइल) जमिन मुनी गहिराईमा थियो, तर त्यसको परिमाण ६.९ को अघिल्लो अनुमानबाट घटेको थियो ।
अमेरिकी भूगर्भ सर्वेक्षणले ७.१ रेक्टर स्केलको भूकम्प गएको जनाए ।
निरन्तर परकम्पहरू
बिहान १० बजेसम्म, “बहु परकम्पहरू“ रेकर्ड गरिएको थियो, सबैभन्दा ठूलो ४.४ म्याग्निच्युड थियो, सिन्ह्वाका आफनो रिपोर्टमा भनेको छ ।
“डिंगरी काउन्टी र यसको वरपरका क्षेत्रहरूले धेरै शक्तिशाली भूकम्पको अनुभव गरेको छ र केन्द्रविन्दु नजिकका धेरै भवनहरू ध्वस्त भएका छन्”, राज्य प्रसारक सीसीटीभीले भने ।
करिब १,५०० आपतकालीन कामदारहरू भग्नावशेषमा रहेका पीडित र बाँचेकाहरूको खोजी कार्य सुरु भईसकेको बताइएको छ, आपतकालीन व्यवस्थापन मन्त्रालयले गरिरहेको जनाएको छ ।
रोयटर्स समाचार एजेन्सीले देखेको भिडियो फुटेजले सिगाजे र ल्हात्सेका ठूला सहरहरूमा क्षतिग्रस्त भवनहरू र भत्किएका पसलहरू देखाएको छ, भवनका मलबाहरु सडकहरूमा फैलिएको छ ।
एक पवित्र शहर, सिगाजे पञ्चेन लामाको बसोबास भएको गृह सहर हो, तिब्बती बौद्ध धर्मको सबैभन्दा महत्वपूर्ण व्यक्तित्व मध्ये एक, जसको आध्यात्मिक अधिकार दलाई लामा पछि दोस्रो छ ।
नेपाल र भारतमा भूकम्पको धक्का महसुस भएको छ
नेपालको राजधानी काठमाडौंबाट करिब ४०० किलोमिटर (२५० माइल) टाढा भूकम्पको धक्का महसुस गरिएको थियो, जहाँका बासिन्दाहरू घरबाट भागेका थिए । सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी अनोजराज घिमिरेले भने, ‘हामीले निकै शक्तिशाली भूकम्पको धक्का महसुस गरेपनि अहिलेसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन ।
उनले भने, ‘हामीले क्षतिको विवरण संकलन गर्न प्रहरी, अन्य सुरक्षाकर्मी र स्थानीयलाई परिचालन गरेका छौँ । उत्तरी भारतीय राज्य बिहारमा पनि कम्पन महसुस गरिएको थियो, तर अधिकारीहरूले क्षतिको कुनै संकेत भने नभएको बताए । हिमाली क्षेत्रमा भूकम्प सामान्य मानिन्छ, तर मंगलबारको भूकम्प पछिल्लो पाँच वर्षमा २०० किलोमिटरको दायराभित्र रेकर्ड गरिएको सबैभन्दा शक्तिशाली भूकम्प थियो, चाइना अर्थक्वेक नेटवक्र्स सेन्टर (CENC) ले जनाएको छ ।
विभिन्न अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुको सहयोगमा तयार पारिएका समाचार हो ।