सार्वजनिक यातायात वाहेक अन्य क्षेत्रमा विप्लव माओवादीको बन्दको असर परेन

   ३० कार्तिक २०७८, मंगलवार १६:३५  

तराई टप संवाददाता
रौतहट, ३० कार्तिक । मूल्यवृद्धिको विरुद्ध नेकपा विप्लव माओवादीले गरेको नेपाल बन्दको खासै असर रौतहटमा परेनन ।
पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धि, बढ्दै गरेको चरम महगी दरलाई वर्तमान सरकार नियन्त्रण गर्न असफल भएपछि सोको मार नेपाली जनतामाथि परेको हुँदा सोको विरोध स्वरुप आज नेपाल बन्दको गरिएका थिए ।
पूर्व पश्चिम राजमार्गमा यात्रुबाहक बस चलेको छैनन तर मालबाहक ट्रकहरु निर्वाध रुपमा चले । लामो दुरीको सवारी साधन चलेनन । यात्रु बोक्ने बस नचलेको भएपनि अन्य सवारी साधान चलेको तथा बन्दको क्रममा कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै