रौतहट, २३ पुस । रौतहटको वृन्दावन नगरपालिकाको बरगजवामा एक दिने निःशुल्क आँखा शिविर मंगलवार सम्पन्न भएको छ ।
सेवा फाउण्डेशनको सहयोगमा श्रीकृष्ण प्रणामी वाईजु राज समिति नेपाल रौतहट, श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल मधेश प्रदेशको स्थानीय सहयोगमा नेपाल नेत्रज्योती संघ गौर आँखा अस्पताल पुरेनवाको प्राविधिक सहयोगमा आज वृन्दावन नपा ८ नमूना मावी बरगजवामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको हो ।
निःशुल्क स्वास्थ्य शिविरमा ३९६ जनाले आँखाको परिक्षण गरिएको जानकारी दिदै कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले १६३ जनालाई निशुल्क चश्मा, ६३ जनालाई औषधी र ५६ जनालाई मोतिबिन्दु रोगको अप्रेशन गरिने बताए ।
५६ जनालाई गौर आँखा अस्पतालको सवारी साधनबाट गौर ल्याएर निशुल्क रुपमा शैल्यक्रिया गरिने संयोजक पाण्डेले भने । शिविरमा गौर आँखा अस्पतालका चिकित्सक सहितको प्राविधिक सहयोगमा सम्पन्न भएको उनले जानकारी दिए ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन