मोटरसाइकल दुर्घटनामा परेर दुई युवकको मृत्यु

तराई टप संवाददाता
सर्लाही, ३० कार्तिक । मोटरसाइकल दुर्घटनामा परेर सर्लाहीको इश्वरपुर नगरपालिकाको दुई युवकको मृत्यु भएको छ ।
प्रदेश २–०३–००४ प ९५३९ नम्वरको माटरसाइकल सोमवार राति दुर्घटना हुदा सर्लाही इश्वरपुर नगरपालिका १२ को २२ बर्षिय सुरज मगर र सोही स्थानको मुकेश निमेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवाको प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिएको हो ।
इश्वरपुर नपा १२ घारीवथान स्थित जंगलको बाटो भएर घर तर्फ जाँदै गर्दा मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किदा दुवै युवक गम्भीर घाईते भएका थिए । गम्भीर घाईते मगरको गढीमाई अस्पताल लालबन्दीमा र निमेलको नेशनल मेडिकल कलेज विरगंजमा उपचारको क्रममा मृत्यु भएको उलने बताए ।
अत्याधिक गतिमा गुडिरहदा उक्त दुर्घटना भएको आशंका व्यक्त गर्दै डिएसपी बुढाथोकीले घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुन्धान गरिरहेको जानकारी दिए ।