नेपाली सेनाद्धारा दुई संक्रमितको शव व्यवस्थापन गरियो

1122 Shares

रौतहट, २ कार्तिक । कोरोना संक्रमित भएर मृत्यु भएका दुइ जनाको शव नेपाली सेनाले छुटाछुटै स्थानमा व्यवस्थापन गरेको छ ।
ईन्द्रबक्स गण गौरबाट गएको विशेष तालिम प्राप्त नेपाली सेनाको टोलीले कटहरिया नगरपालिका ७ बगही र माधवनारायण नगरपालिका ७ मा छुटाछुटै स्थानमा कोरोना संक्रमितबाट मृत्यु भएकाहरुको शब ब्यवस्थापन गरेको हो ।
कोरोना संक्रमण भई बिरगंज स्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका कटहरिया ७ का ७० बर्षिय एकजना पुरुषको बगही गाँउ छेउमै सेनाको टोलीले शनिवार बेलुकी शब ब्यवसथापन गरेको इन्द्रबक्स गणका कर्णेल सामन्तध्वज खाँडले जानकारी दिए । यस्तै कारोना संक्रमित भई चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी माधव नारायण ७ की ७० बर्षिया एकजना महिलाको उनकै गाँउछेउमा सेनाले शब ब्यवस्थापन गरेको उनले भने ।
कोरोना भाईरस (कोभिड १९) बाट संक्रमित भएर रौतहटमा हालसम्म ११ जनाको मृत्यु भईसकेको छ । मृतक ११ जना मध्ये १० जनाको ईन्द्रबक्स गणले शव व्यवस्थापन गरेको छ भने एकजनाको चिववनमा सेनाले शब ब्यवस्थापन गरेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार