सशस्त्र प्रहरी निरीक्षक तुलाधरको १३ औं दिनको पुण्य तिथिको अवसरमा छतौना बेसमा श्रद्धाञ्जली सभाको आयोजना

0 Shares
एके सिंह
सर्लाही, २८ पुस । सर्लाहीको बलरा नगरपालिकाको छतौना स्थित सशस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक विजय तुलाधरको निधन भएको १३ १३ औं दिनको पुण्य तिथीको अवसरमा श्रद्धाञ्जली सभाको आयोजना गरेर उहाँ प्रति समवेदना अर्पण गरियो ।
हुलाकी सडकमा पर्ने सशस्त्र प्रहरीको छतौना स्थित बेस क्याम्पमा कार्यरत रहका सशस्त्र प्रहरी निरीक्षक तुलाधरको पुस १६ गते राति साढे ८ बजेको समयमा बेस क्याम्प अगाडीनै यात्रुबाहक बसको ठक्कर दिदा उनको दुखद निधन भएका थिए ।
निधन भएका सशस्त्र प्रहरी निरीक्षक तुलाधरको सम्झनामा बेस क्याम्प परिसरमा शालिक निर्माण गरेर आज १३ औं दिनको पुण्य तिथिको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुल्सिबहादुर श्रेष्ठले शालिकको अनावरण गर्दै उहाँ प्रति श्रद्धासुमन अर्पन गरे ।
श्रद्धाञ्जली कार्यक्रममा बलरा नगरपालिकाको नगरप्रमुख रामाशंकर कुशवाहा, रामनगर गाउँपालिकाको अध्यक्ष राजाबाबु यादव, सशस्त्र सिमा सुरक्षा बल नेपाल नम्वर १० गण सर्लाहीका गणपति एवं एसपी विनोदराज खनाल, नेपाल प्रहरीका एसपी रबीन्द्र बहादुर सिंह सहितका सुरक्षा समितिका पदाधिकारीहरुको सहित वडा नम्वर ४, ८ र १० का वडाध्यक्षहरु मणिभूषण सिंह, अनमोल सिंह र दिनेश कुशवाहा सहितका व्यक्तिहरुले अति मिलनसार, भद्र, सालिन व्यत्तित्वको धनी रहेका सशस्त्र प्रहरी निरीक्षक तुलाधरको अल्पआयुमा निधनबाट सशस्त्र प्रहरी संगठनलाई अपुर्णीय क्षति भएको चर्चा गर्दै मृत आत्मको चिर शान्तिको साथै शोकाकुल परिवारलाई धर्यधारण गर्न इश्वरले क्षमता प्रदान गरुन भने कामना गरियो ।
उक्त श्रद्धाञ्जली सभा कार्यक्रममा उपस्थित भएका बलरा नगरपालिकाको नगरप्रमुख रामाशंकर कुशवाहा र रामनगर गाउँपालिका अध्यक्ष राजाबाबु यादवले निधन भएका तुलाधरको परिवारलाई जनही ५१ हजार रकम आर्थिक सहयोग गरे । साथै वडा नम्वर १० का स्थानीय समाजसेवी सुधीर सिंहले २१ हजार नगद सहयोग गरेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।