zoom installation failed - zoom installation failed install zoom all users windows 10 download zoom on your computer zoom app download for working with zoom app zoom join a meeting download free - zoom join a meeting download free zoom app.download

चाइनिज हाइब्रिड धान लगाउने भक्तपुरका सयौं किसान मर्कामा

   ३० कार्तिक २०७८, मंगलवार १७:२७  

तराई टप संवाददाता
भक्तपुर, ३० कार्तिक । उन्नत जातको चाइनिज हाइव्रिड धान लगाउने किसानहरु मर्कामा परेका छन् ।
काठमाडौं उपत्यकामा पर्ने भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाको १३ सय रोपनीमा चाइनिज हाइब्रिड धानको खेती गर्ने किसान मर्कामा परेका हुन् ।
चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका किसान मर्कामा परेका भक्तपुरमा धानबाली र स्थानीय बीउबिजन संरक्षण तथा विषादी सम्बन्धी कृषक अन्तरक्रिया कार्यक्रममा उक्त कुराको जानकारी दिइयो । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका अधिकांश किसानले चाइनिज डी वाई २८ जातको हाइब्रिड धान रोपेका थिए । सो जातको हाइब्रिड धानको बीउ रोपेको खेतमा एउटा पनि दाना नलागेपछि किसान मर्कामा परेका हुन् ।
भक्तपुरका किसानले विगत चार वर्षदेखि डी वाई २८ जातको धान रोपेर पर्याप्त धान उत्पादन गरिरहेका थिए । तर, यसपटक भने डी वाई २८ जातको धानमा एउटा पनि दाना नलागेपछि परिवार कसरी पाल्ने भन्ने चिन्तामा उनीहरुलाई लागेको छ ।
कृषकले पनि एकैपटक धेरै उत्पादन गर्ने लोभमा नफसेर विदेशी हाइब्रिड जातको बीउ बिजनको प्रयोग नगरी स्थानीय लोकल बीउको संरक्षण गर्नुपर्ने कृषकहरुले बताए । भक्तपुरमा यसपटक डी वाई २८ जातको हाइब्रिड जातको धानमा दाना नलागेजस्तै २०७१ मा भक्तपुरमै डी वाई ६९ जातको धानमा दाना लागेको किसान कुलबहादुर न्ह्माफुकीले जानकारी दिए । उनका अनुसार उक्त समयमा १४ हजार भन्दा बढी किसानको खेत बाँझै भएको थियो ।
लोकल स्थानीय जातको बीउको संरक्षण गर्ने दायित्व कृषकको पनि भएको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले बताए । उनका अनुसार खेतमा बाली लगाउँदा कुन बीउ प्रयोग गर्ने भन्ने कुरामा कृषकले सचेत हुनु अति आवश्यक छ ।
चाँगुनारायण नगरपालिकामा धान खेतीमा भएको नोक्सानीका सवालमा भने नरपालिकाले पनि अध्ययन गरी रहेको समेत उनले जानकारी दिए । अनुसार अव उक्त किसानहरुलाई कसरी के राहत दिन सकिन्छ भन्ने विषयमा आफूहरु छलफलमा जुटेको समेत उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै