हर्षाहा स्थित चिरान मिलबाट अबैध काठ बरामद

तराई टप संवाददाता
रौतहट, ३० कार्तिक । रौतहटको हर्षाहा स्थित चिरान मिलबाट अबैध रुपमा भित्रयाइएको सालको चिरान काठ बरामद भएको छ ।
रौतहट जिल्लाको बृन्दाबन नगरपालिका वडा नम्वर ६ हर्षाहा चिरान मिलबाट सो काठ बरामद गरिएको हो । चन्द्रपुर सब डिभिजन र रंगपुर साझेदारी वन कार्यालयबाट खटिएको संयुक्त टोलिले सो मिलमा छापा मार्दा अबैध रुपमा जंगलबाट ल्याइएको काठ बरामद भएको रङगपुर साझेदारी बन समितिले जनाएको छ ।
बरामद भएका सालको काठलाई जफत गरेर आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय चन्द्रपुर ल्याइएको छ । चिरान मिल संचालक विरुद्ध कारवाही गर्ने तयारी भईरहेको बताइएको छ ।