जसपा नेपालको कविलासी नपामा आधारभूत संगठन निर्माण अभियान तीव्र

0 Shares

सर्लाही, २ माघ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले आफ्नो संगठन सुदृढीकरण अभियान अन्तर्गत कविलास नगरपालिकाका १० वटै वडामा बैठक सम्पन्न गर्ने कार्यलाई तीव्रता दिएका छन् ।
माघ ६ देखि १७ गते सम्मका लागि निर्धारित कार्य तालिका अनुसार बुधवार माघ २ गते पार्टीको विशेष बैठक सम्पन्न भएको जिल्ला सचिव रंधिर यादवले जनाएका हुन् ।
सचिव यादवले बैठकमा कविलासी नगरपालिकाका सबै वडाहरूमा संगठन निर्माण र सुदृढीकरणका लागि कार्य योजना तयार गर्दै माघ १७ गतेभित्र बैठक सम्पन्न गर्नुपर्ने निर्णय भएको जानकारी उनले दिए । स्थानीय नेतृत्व र कार्यकर्ताहरूको सक्रिय सहभागितामा अभियानलाई अझ प्रभावकारी बनाउने तयारी भइरहेको स्पष्ट पारे ।
यस अभियानले पार्टी संगठनलाई बलियो बनाउनुका साथै आगामी राजनीतिक रणनीति कार्यान्वयन गर्न सहजता ल्याउने अपेक्षा गरिएको जसपा नेपालका केन्द्रिय सदस्य प्रमोद साहले बताए । केन्द्रीय सदस्य साहले जसपाका नेताहरूले संगठन निर्माणको महत्वबारे जोड दिँदै सबै कार्यकर्तालाई एकताबद्ध भएर अभियान सफल बनाउन अपिल गरे ।
अभियानले वडास्तरमा संगठनलाई सशक्त बनाउने प्रयाससँगै स्थानीय समस्याहरू पहिचान गरी समाधानका उपायहरू खोज्ने उद्देश्य राखेको जसपा नेपालका नेता तथा कविलासि नगरपालिकाका पुर्व मेयर कौशल किशोर यादवले जनाए ।
पुर्व मेयर यादवले पार्टीका कार्यकर्ताहरूले जनताको बीचमा रहेर मुद्दाहरू सम्बोधन गर्ने र संगठनलाई स्थानीय तहसम्म प्रभावकारी बनाउन निरन्तर प्रयास गरिरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।