zoom app download windows 10 64 bit download zoomo zoom old version download zoom hd wallpaper download zoom download windows 10 pro download zoom extension

१२० छात्रालाई मेयर कुश्वाहाले साइकल वितरण गरे

   ३० कार्तिक २०७८, मंगलवार १८:३४  

तराई टप संवाददाता
कटहरिया (रौतहट), ३० कार्तिक । बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत कटहरिया नगरपालिकाको मेयर सियाराम कु्श्वाहाले जनता मावी कटहरियाको छात्राहरुलाई आज साइकल वितरण गरेको छ ।
जनता माध्यमिक विद्यालय कटहरियामा अध्ययनरत १२० जना छात्राहरुलाई मेयर कुश्वाहाले निशुल्क साइकल वितरण गरिएको कटहरिया नगरपालिकाले जनाएको हो ।
प्रदेश २ को बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत मेयर कुश्वाहाले यस भेगको छात्राहरुलाई सहज रुपमा विद्यालय सम्म पुग्न तथा उनीहरुलाई अध्ययन गर्नमा कुनै कठिनाई नहोस भन्ने अभिप्रायले साइकल वितरण गरिएको नगर प्रवक्ता चन्दन कुश्वाहाले जानकारी दिए ।
सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, जनता उच्चमावि कटहरियाका प्राचार्य योगेन्द्र कुश्वाहा, स्थानीय विभिन्न राजनीतिक दलका नेता, शिक्षक तथा छात्र छात्राहरुको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै