प्रधानन्यायाधिश जबराले राजिनामा दिनुको विकल्प नरहेको ः लोसपा नेता महतोको दाबी

तराई टप संवाददाता
पर्सा, ३० कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नो राजेन्द्र महतोले सर्वोच्च अदालत तमासा देखाउने थलो नभएको हुँदा प्रधानन्यायाधिशmे अविलम्व राजिनामा दिएर मार्ग खोल्नुपर्ने बताए ।
लोसपाद्धारा मंगलवार पर्साको विरगंजमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता महतोले प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जवारा असफल एवं विवादित भएको हुनाले राजिनामा दिनु बाहेक अरु कुनै विकल्प बाँकी नरहेको बताए ।
नेपाली जनताले न्यायालयबाट न्याय पाइरहेका छैनन्, अदालत चल्न नसकेको अवस्था छ, अदालतको न्यायाधीश र कानून व्यवसायी आन्दोलनमा छन् । सेटिङमा देश चलेको छ । त्यसैले त्यसको जिम्मा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले लिदै राजिनामा दिई मार्ग खोल्नुपर्ने स्पष्ट पारे ।