zoom umx download zoom download gratis zoom app download for pc login - zoom app download for pc login zoom meeting join a meeting why pcr takes time - why pcr takes time zoom meeting download gratis download a zoom meeting zoom download.com.vn

ससुराली घरमा झुण्डीए महतो

   ३० कार्तिक २०७८, मंगलवार १८:५७  

तराई टप संवाददाता
धनुषा, ३० कार्तिक । धनुषा जिल्लाको मिथिला नगरपालिकामा एक युवकले घाँटीमा पासो लगाएर आत्महत्या गरेको छ ।
मिथिला नगरपालिका वडा नम्वर २ को २६ वर्षीय रामचन्द्र महतोले सोमबार राति मिथिला नगरपालिका–५ स्थित श्रीपुरमा रहेको ससुराली घरमा घाँटीमा पासो लगाएर आत्महत्या गरेको हो ।
आज विहान झुण्डिएको बेला अचेत फेला परेका रामचन्द्रलाई उपचारका लागि जनकपुर स्थित अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले बताए । मृतक महतोको खल्तीमा सुसाइड नोट समेत फेला परेको बताए ।
फेला परेको सुसाइड नोटमा ससुरालीका सबै सदस्यहरु मिलेर सोमबार निर्घात कुटपिट गरेकाले मेरो मृत्यु भए सोको सम्पूर्ण जिम्मेबार ससुरालीका सबै सदस्य हुने छ । सो सुसाइड नोटमा उल्लेख रहदा प्रहरी गहन अनुसन्धान गरिरहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै