रौतहट, १० माघ । गौर भन्सार कार्यालयमा विहिवार भएको स्क्रैप लिलाममा मिलोको गन्ध लागेपनि मापदण्ड सबै पुरा गरेको पाइएका छन् ।
गौर भन्सार कार्यालयले २०८१ पुस १८ गते सुचना प्रकाशित गरिएका मध्ये दर्ता नम्वर ७१ मा उल्लेख सूचना अनुसार ९४ वटा फर्म विक्री भएका थिए । विक्री भएका ९४ फर्म मध्ये आज निर्धारित समय अनुसार ४ वटा मात्रै बोलपत्र दर्ता भए ।
दर्ता भएका चार वटा बोलपत्र मध्ये प्रियान्सी ट्रेडर्स राजविराज सप्तरीले १३ लाख २५ हजार कबोल अंक राखेकोमा सबैभन्दा बढि भएको हुँदा उक्त फर्म स्क्रैपको लिलामी सकार गर्न सफल भएको गौर भन्सार कार्यालयले जनाएको छ ।
गौर भन्सार प्रमुख अमिन्दर सिंहले दर्ता भएको चार वटा फर्ममा सबैभन्दा बढि रकम राखेर कबोल गरेको पाइएकोमा प्रियान्सी ट्रेडर्सलाई मुद्दा नम्वर ७१ को मोटरसाइक सहितका सामानहरु स्क्रैपमा लिलामी सकार गरेको बताए ।
मुद्दा नम्वर ७१ मा भएका स्क्रैपका सामानहरुको निर्धारित मूल्य १२ लाख ७२ हजार ६ सय रुपैया रहेकोमा न्यू गजराज ट्रेडर्स गौरले १२ लाल ८१ हजार, सौरभ ट्रेडर्स सर्लाहीले १२ लाख ८९ हजार, लक्ष्मी स्क्रैप खरिद विक्री केन्द्र धुनषाले १३ लाख १ हजार र प्रियान्स ट्रेडर्स राजविराजले १३ लाख २५ हजार कबोल रकम राखेर चार वटा फर्मले बोलपत्र दर्ता गराएको गौर भन्सार कार्यालय प्रमुख सिंहले जानकारी दिए ।
गौर भन्सार कार्यालयले गरेको लिलामी प्रक्रियामा सेटिंग भएको आवाजहरु बाहिर गुंजिन थालेको छ नी भने प्रश्नको जवाफमा भन्सार प्रमुख सिंहले निर्धारित समाय सम्म ४ वटा फर्म मात्रै दर्ता गराएको एक पटक पुनः दावी गर्दै भन्सार कार्यालयको सिसिटिभी क्यामराको रडारमा आएका फर्मलाई यहाँ आउन हाम्रो गेटमा कसैले नरोकेको स्पष्ट पारे । सिरियल नंम्वर ७ र १३ नम्वरको मुद्दामा फर्म विक्री भएपनि कुनैपनि फर्म दर्ता नभएको समेत उनले भने ।
स्मरणीय छ, गौर भन्सार कार्यालयको उत्तर तर्फ भएको भागबण्डाको अवस्था देख्दा सिंहको दाबी शंकाको घेरामा आउँछन् । भन्सार कार्यालयले राखेको कबोल रकम र सकार गरेको रकमको फरक देख्दा शतप्रतिशत प्रक्रियागत सेटिंगमा लिलामी प्रक्रिया भएको बुझिन सकिन्छ विश्लेशकहरुको दाबी छ ।
लिलामी सकार गरेको फर्मले बाँकी ९३ फर्मलाई सेटिंगमा मिलाएर बोलपत्र दर्ता गराउदा छेउमै रहेका भवनमा लेनदेनको लागि भेला भएको तस्वीरले भन्सार प्रमुखको दाबीलाई प्रक्रियागत सेटिंग भएको उनीहरुको कथन रहेको छ । अर्को तर्फ गौर भन्सार कार्यालयमा हुने लिलामी प्रक्रियामा केही स्थानीय भन्सार एजेन्टहरु नै विभिन्न बाहिरका फर्म ल्याएर खास गरेर स्क्रैप लिलामी सकार गर्ने गरेका छन् ।
बाहिरका फर्मका नाममा खरिद गर्ने यहाँका केहि स्थानीय फर्मले स्क्रैपमा लिलाम लिने गरेको छ । केही सबारी सधानको कागजात भएकाहरुले संग विक्री गर्ने गरिएको विगतमा हल्ला फिजिएका थिए । स्क्रैपमा लिलामी भएपछि प्रक्रियागत रुपमा कार्यालयबाट बारिनुपर्नेमा त्यसो नभई सहिसलामत अवस्थामा बाहिरिएका घटनाले थप शंका उब्जाउछन् अन्तमा त्यती मात्रै प्रक्रियागत सेटिंग नै हो नी कि कसो ? । कतै आज भएको स्क्रैप लिलामी त्यसैको अंश त होइन ? भन्न सकिदैनन।