पत्रकार वैद्यनाथ यादव पक्राउ परेका विषयमा मञ्चको ध्यानाकर्षण

0 Shares
सप्तरी, माघ ११ । प्रेस मञ्च नेपालका उपमहासचिव, नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार एवं एभिन्युज टेलिभिजनका संवाददाता वैद्यनाथ यादवलाई सप्तरी प्रहरीले पक्राउ गरेकोमा गम्भीर ध्यानाकर्षण भएको छ ।
माघ ९ गते अर्थात बुधवार सप्तरी प्रहरीले उनलाई पक्राउ गरेपछि प्रेस मञ्च नेपालको गम्भीर ध्यानाकर्षण भएको हो ।
पक्राउ परेका यादवको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि उनलाई प्रहरी हिरासतबाट हाजिरी जमानीमा रिहा गरिएको थियो ।
प्रेस मञ्च नेपालका कार्यवाहक अध्यक्ष मनोजकुमार यादवले यस घटनाप्रति चासो व्यक्त गर्दै यादवको रिहाइमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिए । विज्ञप्ति जारी गर्दै उनले निष्पक्ष छानबिन र कानुनी प्रक्रियामा कुनै पक्षपात नहुने सुनिश्चित गर्न आग्रह गरे ।
यादवलाई राजनैतिक षडयन्त्रका आधारमा फसाउन खोजिएको दाबी गर्दै अध्यक्ष यादवले भने, “वैद्यनाथ यादवमाथि पछिल्लो समयमा षडयन्त्र भइरहेको प्रस्ट छ । सामाजिक सञ्जालमा सार्वजनिक सामग्रीहरूले यसबारे पुष्टि गर्छ । दोषीलाई कारबाही गर्नुपर्छ तर निर्दोषलाई फसाउन हुँदैन ।”
प्रेस मञ्च नेपालले राज्यका निकायहरूलाई राजनैतिक प्रभावबाट बच्न र निष्पक्ष छानबिन गर्न आग्रह गरेको छ । साथै, नेपाल पत्रकार महासंघलाई यस विषयमा पहलकदमी लिन अनुरोध गरिएको छ ।
कार्यवाहक अध्यक्ष यादवले बिरामी उपमहासचिव वैद्यनाथ यादवको स्वास्थ्य लाभको कामना गर्दै, राज्यका निकायहरूलाई आफ्नो जिम्मेवारीप्रति सचेत रहन अपिल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।