दुर्गा भगवती गापा विरुद्ध अख्तियार सहित सात निकायमा उजुरी

1772 Shares

तराई टप संवाददाता
रौतहट, १ मंसिर । दुर्गा भगवती गाउँपालिकामा विभिन्न शिर्षकमा व्यापक रुपमा आर्थिक अनियमितता भएको भन्दै स्थानीय व्यक्तिद्धारा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सहितका निकायहरुमा लिखित उजुरी गरेको छ ।
दुर्गा भगवती गाउँपालिका १ गंगापिपरा घर भएका स्थानीय सुनिल सिंहले अख्तियार दुरुपयोग सहित निकायहरुमा दिएको उजुरीमा विगत आ.ब. २०७४÷०७५ देखि ०७८÷०७९ सम्म गाउँपालिका अध्यक्ष अरुणकुमार साहको निर्देशनमा निमित्त प्रमुखहरु स्थानीय तह सरकार संचालन ऐनको विपरित टेण्डर सहितको विविध कार्यहरु गरेर व्यापक रुपमा सरकारी रकम अवचलन गरेको हुँदा आवश्यक छानविन गरेर दोषिलाई कानुन बमोजिम कारवाही गर्न माग गरिएको हो ।
नियमकानुनलाई मिच्दै गापा प्रमुख साहको निर्देशनमा तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृतहरु विकास निर्माणको लागि आएको रकम विनाकारण अन्य शिर्षकमा रकम विनियोजित गरेर चरम आर्थिक दुरुपयोग गरिएको उक्त उजुरी पत्रमा उल्लेख गरिएको छ । त्यती मात्रै नभई चालु आर्थिक बर्ष २०७८÷०७९ मा विना सूचना आहवान गरिएको २३ करोडको बोलपत्रलाई आफनै मान्छेलाई दिने तयारी गरेको तर पछिल्लो मितिमा सदर गर्न नमानेको प्रमुख प्रशासकीय अधिकृतको सरुवा गराउन समेत लागि परेका अवस्था यति खेर सृजना भएको बताइएका छन् ।
२०७८ भदौं २५ गते गापाद्धारा आहवान गरिएको २३ करोडको बोलपत्र सम्बन्धि सूचना कुन राष्ट्रिय मिडियामा प्रकाशित भएको छ कसैलाई थाहा छैन, अगामी बर्षको बजेटबाट समायोजन गरिने उक्त बोलपत्र प्रकाशित गर्नुको आशय के हो, बजेट तोडफोड नगर्ने शिर्षकबाट कसरी विनियोजन गरियो, निमित्त प्रमुख प्रशासकीय अधिकृत परमानन्द पाठकले ब्याक मितीमा हस्ताक्षर गर्न नमान्द डरत्रास किन देखाउनुपर्ने अवस्था सृजना भयो, पाठकले टेण्डर सदर नगर्दा पुनः जगत साहलाई ल्याउनुपर्ने किन आयो उजुरीकर्ता सुनिल सिंहले पालिका प्रमुख साह संग प्रश्न गरे ।

त्यती मात्रै नभई टेण्डर स्वीकृत नहुदै लाखौंको हयाण्ड पाइप लगायतको सामग्री किन भित्रयाइयो, अनियमितताको पराकाष्ठा नाघिसकेको दुर्गा भगवती गापामा निर्वाचित भएर आएर देखि आव देखि आवश्यक छानविन गरेर दोषि जो भएपनि कारवाही गर्नुपर्ने अख्तियार सहितको विभिन्न निकाय संग सिंहले माग गरे ।
समाजिक सुरक्षाको रकम विगत तिन आर्थिक बर्षमा ५० प्रतिशत व्यक्तिको नाममा नक्कली औठा छाप लगाएर करोडौं रकम हिनामिना गरेको हुँदा उक्त कार्यहरुको गहन अनुसन्धान गरी दोषिहरुलाई कानुन बमोजिम हदै सम्मको कारवाहीको गर्नुपर्ने माग राख्दै प्रधानमन्त्रीको कार्यालय, मुख्यमन्त्रीको कार्यालय, अर्थ मन्त्रालय, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र जिल्ला प्रशासन कार्यालय गौरमा किटानी उजुरी दिएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटमा परेको उजुरी सम्बन्धमा प्रमुख जिल्ला अधिकारी संग बुझ्दा यस कार्यालयमा उजुरी दर्ता भएको स्वीकार्य गर्दै आवश्यक छानविनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कागजातहरु पठाईसकेको बताए । अख्तियारले छानविन गर्ने भएको हुँदा हामी प्रमाण जुटाएर अनुसन्धान कार्य तथा प्रशासनीक कार्यमा सहयोग पुर्याउने छौं प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार