आर्थिक नगरी वीरगञ्ज स्थित घण्टाघर अगाडी सडकमै आजपाद्धारा शुक्रवार पत्रकार सम्मेलन
पर्सा, ११ माघ । आम जनता पार्टी (आजपा) ले पर्सा जिल्लाबाट संघिय सरकारमा रहेका तीन जना मन्त्रीहरु आर्थिक नगरी वीरगञ्जका लागि तपाईहरु के के महत्वपूर्ण योग्यदान गर्नु भयो ? भनेर सार्वजनिक रुपमा प्रश्न गरेका छन् ।
आम जनता पार्टी (आजपा) ले बिरगंजमा शुक्रवार घण्टाघर स्थित सडकमै पत्रकार सम्मेलनको आयोजना गरेर पर्साका तिन जना मन्त्रीहरु संग प्रश्न गरेका हुन् ।
नेकपा (एमाले) बाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेको राजकुमार गुप्ता, नेपाली कांग्रेसबाट कानून मन्त्री बनेको अजय चौरसिया र खानेपानी मन्त्री प्रदिप यादव संग आजपाले प्रश्न गर्दै तपाईहरु संघीय सरकारमा तीन जना मन्त्री भए पनि पर्साको बिकासमा कस्तो योग्दान पुर्याउदै आउनु भएको छ तर यि मन्त्रीहरु जनता प्रति उत्तरदायी नभई व्यक्तिगत स्वार्थमा लिप्त रहेको आजपाले गम्भीर आरोप लगाए ।
आजपा मधेस प्रदेशका अध्यक्ष उमेश कुशवाहाले पर्साबाट तीन जना नेता संघीय सरकारमा मन्त्री भए पनि बिरगंजको बिकासका लागि के–के काम गरेको भन्दै गम्भिर प्रश्न उठाए । समृद्ध वीरगञ्जलाई उजाड बनाइएको बताउदै उनले वीरगञ्जलाई देशको आर्थिक राजधानी बनाउनुपर्ने माग गरे ।
‘वीरगञ्ज सहित तराई मधेसमा खानेपानीको समस्या दिनदिनै बढदै गईरहेको छ । खानेपानीको हाहाकार छ । तर पर्साबाट खानेपानी मन्त्री भएका मन्त्री ज्यूलाई कुनै चिन्ता र चासो नै छैनन्,’ कुशवाहाले भने, ‘यहाँ जती बिकास भएको छ पहिला नै भएको हो । अहिले तीन तीन जना नेता संघीय सरकारमा मन्त्री हुनुभएको छ । उनीहरुले यहाँको बिकासमा केहि गरेकै छैन ।
वीरगञ्जलाई आर्थिक राजधानी घोषणा गराउन र भ्रष्टाचार बिरुद्ध खबरदारी सभा वीरगञ्जमा हालै सम्पन्न गरेको आजपाले त्यसअघि भ्रष्टाचार बिरुद्ध मधेस यात्रा अभियान सञ्चालन गरेको थियो । वीरगञ्जलाई देशकै आर्थिक राजधानी घोषणा गराउँनका लागि आजपाले बिभिन्न समितिहरु गठन गरेर काम गरिरहेको जानकारी उनले दिए ।
‘नारायणी अस्पताललाई मेडिकल कलेज किन नबनाएको होला ? जिर्ण अवस्थामा रहेको नारायणी रंगशालाको सुधार कहिले होला ? स्तरोन्नती कहिले हुने ? ठाकुरराम बहुमुखी क्याम्पसलाई बिश्वबिद्यालय कहिले बनाउँने ? वीरगञ्जको चिनी मिल कहिले सञ्चालन हुने ?’ आजपा केन्द्रीय सदस्य एवं पर्सा जिल्ला इन्चार्ज लखिन्दर साहले प्रश्न गरे ।