रौतहट, १४ माघ । पत्रकारित क्षेत्र लोकतन्त्रको सच्चा पहरेदार रहेको गृहमन्त्री रमेश लेखकले बताए ।
सिंहदरवार स्थित गृह मन्त्रालयमा गृहमन्त्री लेखकले नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै उनले सत्य, निष्पक्ष र निर्भिक भएर कलम चलाउनु पर्ने र निष्पक्ष पत्रकारिताले लोकतन्त्र बलियो बन्ने भएको बताएका हुन् ।
नेपालको लोकतान्त्रिक संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको स्मरण गराउदै स्वतन्त्र, व्यावसायिक र निष्पक्ष पत्रकारिताको वातावरण सरकारले सनिश्चित गर्ने स्पष्ट पारे ।
पत्रकारिता मर्यादित, व्यवस्थित र सत्यमा आधारित हुनुपर्नेमा उनले जोड दिए । ‘कपोकल्पित समाचार सम्प्रेषण गर्ने, समाजमा अनावश्यक खालका भ्रम सिर्जना गर्ने, व्यक्ति, समाज र समुदायको चरित्रहत्या गर्ने लगायत गतिविधिबाट आफू र सञ्चारगृहलाई जोगाउन उनले आग्रह गरे, ‘त्यस्ता गतिविधि बढेमा समग्र सञ्चारजगतप्रतिको विश्वास कमजोर हुने बताए ।’
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले पत्रकार महासंघको निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सरकारले निर्वाह गरेको भूमिका प्रति धन्यवाद ज्ञापन गरिन् । साथै प्रेस स्वतन्त्रता हननमा संलग्नलाई कारबाहीको माग गर्दै गृहमन्त्री लेखकसमक्ष ध्यानाकर्षणपत्र समेत उनले बुझाएकी छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन