पौराई (रौतहट), १५ माघ । रौतहट र सर्लाही जिल्लालाई जोड्ने वागमती नदीमा रहेका पुलको एउटा स्पान भाँसिदा दुर्घटनाको जोखिम बढेका छन् ।
पूर्वपश्चिम राजमार्गलाई रौतहट सर्लाही जोड्न बागमती नदीमा रहेका पुलको स्पान भासिएको हुँदा दुर्घटनाको जोखिम बढेर गएका समाचार प्राप्त भएका हुन् ।
मुलुकको लाइभलाईनको रुपमा रहेका पूर्वपश्चिम राजमार्गमा दैनिक हजारौं सवारीसाधन गुड्ने गरेको अवस्थामा वागमती पुलको स्पान भाँसिएपछि स्थानीयहरुले सम्बध निकायको ध्यानाकर्षण गराई तत्कालै मर्मत गर्न अपिल गरेको छ ।
सर्लाहीबाट रौतहटतर्फ जाँदा सात नम्बरको स्पर करिब ८ सेन्टिमिटर भाँसिएको बताइएको छ । सडक डिभिजन कार्यालय चन्द्रपुरको प्राविधिकको अनुसार पुलको बेरिङ फुटेकाले जोडिएका दुई स्पान बीचको अन्तर बढेको छ, जसका कारण सवारी साधनका चालकहरूले उच्च सावधानी अपनाउनु पर्ने देखिन्छ ।
नेपाल सोभियत संघ मैत्री सहयोग अन्तर्गत पचास वर्षअघि निर्माण भएको वागमती पुल क्रमश पुरानो हुँदै भौतिक संरचनाहरु कमजोर हुँदै गएको विज्ञहरु बताउँछन् । समय–समयमा मर्मत गरे पनि भासिएपछि अहिलेको अवस्था गम्भीर रहेको जनाइएको छ ।
सडक डिभिजन कार्यालय चन्द्रपुरका प्रमुख अरुण कुमारलाल कर्णले पुलको स्पान भाँसिएकोले सवारी साधन गुडाउदा सावधानीपूर्वक चलाउनुपर्ने तथा हेभी लोडेड सवारी एक पटकमा एउटा मात्रै सञ्चालन गर्न ट्राफिक कार्यालयलाई जानकारी गराइएका छन् ।
सडक डिभिजन कार्यालयले पुलको जोखिमबारे पुल महाशाखा काठमाडौंलाई पत्र मार्फत जानकारी गराइसकेको छ । साथै, रौतहट र सर्लाहीका ट्राफिक प्रहरी कार्यालयलाई सवारी साधनको सञ्चालनमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट