कारागारमा झुण्डिए २४ बर्षिय कैदी

   १ मंसिर २०७८, बुधबार १५:४९  

तराई टप संवाददाता
रौतहट, १ मंसिर । गौर कारागारमा २१ बर्षको कैद भुक्तान गरिरहेको एक कैदीबन्दीले शौचालमा बुधवार दिउसो घाँटीमा गम्छाले पासो लगाएर आत्महत्या गरेको छ । रौतहटको देवाही गोनाही नगरपालिका ७ घर भएको २४ बर्षिय लडाई साह कारागार भित्र दक्षिण तिर रहेको शौचालयमा आज दिउसो झुण्डीएको अवश्थामा फेला परेको हो ।
अपहरण तथा शरिर बन्धक एवं जबरजस्ती करणी मुद्दामा २०७६ बैशाख ४ मा कारागार चलान भएका साहलाई जिल्ला अदालत रौतहटले २१ वर्ष कैद तथा ३० हजार नगद जरिवाना सजाय सुनाएको थियो । गौर कारागारमा कैद भुक्तान गरिरहेका साह शौचालय भित्र छिरेको लामो समयसम्म पनि बाहिर नआए पछि कैदी बन्दीहरुले भित्र हेर्दा उनी झुण्डीएको अवस्थामा फेला पारेका थिए ।
गौर कारागारका निमित कारागार प्रमुख शम्भु प्रसाद यादवले भने शौचालय भित्र तौलियाले पासो लगाएको झुण्डिएको फेला परेका साहलाई हामीले तत्कालै अस्पताल पु¥यायौं तर अस्पतालमा पुग्दा चिकित्सकले मृत घोषित गरेको बताए । गौर कारागारमा २१ बर्ष कैद भुक्तान गरिरहेका कैदी साहले शौचालयमा पासो लगाएर आत्महत्या गरेको पुष्टि गर्दै रौतहट प्रहरीको प्रवक्ता एवं डिएसपी नारायण्(ा प्रसाद चिमोरियाले घटनाको विषयमा अनुसन्धान भइरहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै