सर्लाही, १८ माघ । सर्लाहीको ईश्वरपुर नगरपालिका बयलबास बजार स्थित रहेका प्लाष्टिकको झोला बनाउने उद्योगमा शुक्रवार विहान भिषण आगलागि हुँदा करोडौंको क्षति भएको छ ।
इश्वरपुर नगरपालिका वडा नम्वर ७ बयलबास बजारको ब्रम्ह्स्थान चोकमा नेत्रबहादुर कार्कीको घर भाडामा लिएर संचालन गरिएका हिमालयन पोली नेपाल नामक उद्योगमा आज बिहान ३ः२५ बजेको समयमा विद्युत सर्ट भई आगलागि हुँदा करोडौको क्षति भएको हो ।
कार्कीको घरमा सर्लाहीकै चन्द्रनगर गाउँपालिका वडा नं. ४ पोखरियाटोलका राम छबिला साहले संचालन गरेको उक्त उद्योगमा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले आशंका गरेका छन् ।
आगलागिबाट कम्पनिमा रहेको मेशिन, कच्चा पदार्थ र घर पुर्ण रूपमा जलेर खरानी बने । आगलागिबाट उक्त उद्योगमा करिब साढे ७ करोड बराबरको क्षेती भएको पीडित उद्योगीले अनुमान गरेको बुझिएको छ ।
घटना भएको स्थानमा ईलाका प्रहरी कार्यालय केशरगंज, ईश्वरपुरका प्रहरी निरीक्षक.उमाकान्त जोशीको कमाण्डमा ३० जना, सागरनाथ वेस क्याम्पबाट सशस्त्र प्रहरी निरीक्षको कमाण्डमा ९ जनाको टोली, हरिवन नपा र मलंगवा नपाको दुई वटा दमकल तथा स्थानिय मानिसहरूको सहयोगमा उक्त आगो बिहान साढे ५ बजेको समयमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएका छन् ।
आगलागिबाट छिमेकी नबल किशोर साहको घरमा पनि आंशिक क्षेती भएको बुझिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एवं एसपी रबीन्द्रबहादुर सिंहले विहान पख आगलागि भएको खवर प्राप्त हुनासाथ वरिपरीका सवै युनिट सहित सशस्त्र प्रहरीलाई परिचालन गरिएको, स्थानीय बासिन्दाहरुको सहयोग तथा दुई वटा दमकलको मद्दतमा करिव सबा २ घण्टा पछि आगो माथि नियन्त्रण पाउदा पनि उद्योगलाई सहिसलामत बचाउन सकिएन । ठूलै क्षति भएपनि आधिकारिक रुपमा क्षतिको यथार्थ विवरण प्राप्त गर्न अलि समय लाग्ने भएको उनले बताए ।
विद्युत सर्ट भएर आगलागि भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको बताउदै एसपी सिंहले आगलागिबाट क्षतिभएको यथार्थ विवरण संकलन गर्ने कार्य जारी रहेको भने ।