परिवारजन सहित स्थानीयद्धारा जिल्ला प्रहरी कार्यालय र कारागार घेराउ गरी प्रदर्शन

393 Shares

तराई टप संवाददाता
रौतहट, २ मंसिर । गौर कारागारको शौचालयमा पासो लगाएर आत्महत्या गर्ने लडाई साहको परिवारजनले कारागार प्रशासनले हत्या गरेर झुण्डयाएको आरोप लगाउदै विहिवार कारागार र जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै प्रदर्शन गरेका छन् ।
अपहरण तथा शरिर बन्धक र जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेको कैदीबन्दी साह बुधवार दिउसो १.५० बजेको समयमा शोचालयमा पासो लगाएर आत्महत्या गरेको गौर कारागार प्रशासनले जनाएका थिए तर उक्त मृत्यु प्रकरण सहज नभई कुटपिट गरी घाँटी थिचेर हत्या गरेर झुण्डयाएको आरोप लगाउदै आज मृतक परिवारका सदस्य सहित स्थानीय बासिनदाहरु जिल्ला प्रहरी कार्यालय र गौर कारागारलाई घेराउ गरेर प्रदर्शन गरेका हुन् ।
देवाही गोनाही नगरपालिका वडा नम्वर ७ घर भएको २४ बर्षिय केदी साह विरुद्ध अपहरण शरीर बन्धक तथा जवरजस्ती करण मुद्दामा जिल्ला अदालत गौरले २०७६ साल बैशाख ४ गते पुर्पक्षको लागि गौर कारागार चलान गरेका थिए । आफू विरुद्ध गलत आरोप लगाएर फसाएको भन्दै बुधवार उच्च अदालत विरगंजमा पेशी रहेको तर दिउसो उनले आत्महत्या गर्नुपर्ने कुनै कारण नरहेको निजको श्रीमती सिमा देवी साहल बताईन ।
तिन वर्षे छोरा आशिक साह संगै न्याय माग्दै बाटोमा उत्रिएकी सिमा घरी घरी मुर्छा पर्दै थिए । उनको समर्थनमा स्थानीय महिला एवं पुरुषहरुले कारागार भित्र ४०० जति कैदीबन्दी रहदा शौचालयमा कसरी आत्महत्या गर्न सक्छ ? भने प्रश्न कारागार प्रशासन माथि तेश्रयाउदै स्थानीयहरु कारागारको मुख्य नाइके संग मिलेर हत्या गरी झुण्डयाइएको आरोप उनीहरुले लगाए ।
देवाही गोनाही ७ को स्थानीय बासिन्दाहरु संग पिडित पक्षहरुद्धारा घेराउ, प्रदर्शन जारी रहेकै क्रममा सो नगरपालिकाको मेयर धर्मेन्द्र पटेल, उपमेयर परनियादेवी पटेल सहितको चार जना पदाधिकारीहरु कारागार भित्र रहेको शौचालयको अनुगमन निरीक्षण गर्दा मेयर धर्मेन्द्रले साहको आत्महत्या हो की हत्या हो प्रहरी एवं उच्च स्तरिय छानविन हुनुपर्ने बताए ।
उपमेयर परनिया देवीले शौचालयको अवस्था हेर्दा आफै झुण्डिने आधार नरहेको हुँदा आत्महत्याको पछाडी ठूलो रहस्य भएको जिकिर गर्दै उक्त घटनाको सत्यतथ्य छानविन गरी दोषिलाई कारवाही गर्नुपर्ने माग गरे । कारागारको मुख्य नाईके विक्की सिंहको गतिविधि शंकाष्द रहदा निजलाई समेत राखेर सुक्ष्म अनुसन्धान गर्न स्थानीय प्रहरी प्रशासन सुझाव दिए ।
रौतहट प्रहरीको प्रवक्ता एवं डिएसपी नारायण प्रसाद चिमोरियाले कारागारको शौचालयमा अचेत अवस्थामा झुण्डिएको फेला परेको हुँदा तत्कालै उनलाई उपचारको लागि गौर अस्पतालमा पुर्याएर उपचार सुरु गर्ने वित्तिकै मृत्यु भएका थिए । आत्महत्या किन गर्नु पर्यो, कसरी भयो विषयमा प्रहरीले सुक्ष्म एवं गहन अनुसन्धान गरिरहेको हुँदा प्रहरी माथि विश्वास गर्नुपर्ने बताउदै उनले अनुसन्धान कार्यमा बाधा अवरोध खडा भए सहि रिपोर्ट आउन नसकिने हुँदा प्रहरीको कार्यमा सवैले सहयोग पुर्याउन पिडित पक्ष देखि लिएर स्थानीय बासिन्दाहरु संग अनुरोध गरे ।

सम्बन्धित समाचार