न्यायाधिश मनोज केसीलाई कारवाही गर ? पीडित परिवारद्धारा अदालत घेराउ गरेर प्रदर्शन

0 Shares
रामएकबाल साह
रौतहट, २१ माघ । हत्याको आरोपीतलाई रौतहट जिल्लाको न्यायाधीश मनोज केसीको इजलासले सफाई दिएकोमा पीडित पक्षले न्यायाधीशलाई कारवाहीको माग गर्दै अदालत अगाडी प्रदर्शन गरेका छन् ।
आरोपितहरुलाई हिजो आईतवार रौतहट जिल्लाको १ नम्वर इजलासका न्यायाधीश मनोज केसीले सफाई दिएर पीडितलाई थप पीडित बनाएको आरोप लगाउदै उनीहरुले ब्यानर सहित अदालत अगाडी न्यायाधीशलाई कारवाहीको माग राख्दै प्रदर्शन गरेका हुन् ।
यमुनामाई गाउँपालिका वडा नम्वर ४ सरुअठा गाउँका ५२ बर्षिय रामविनोद साहलाई २०७६ साल असार ४ गते राति १० बजेको समयमा घर अगाडी बसिरहेको अवस्थामा गाउँकै विन्देश्वर सिंह, रामकिशोर सिंह, रोहित कुमारी सिंह भन्ने राजा सिंह, रोशन सिंह, अरविन्दकुमार सिंह, बडाबाबु सिंह, राविनोद सिंह र निखिलकुमार सिंह मिलेर निर्घात कुटपीट गरेर गम्भीर घाइते बनाएका थिए ।
घाइते अवस्थामा साहलाई प्रादेशिक अस्पताल गौरमा प्राथमिक उपचार पछि थप उपचारको लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो ।
मृतकको भाई राजन साहका अनुसार कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्तावाला रहेको मुद्दा नं. ०७९ सि १ को ०१५२ नबालक निखिल सिंह र ०१८२ सवालक विन्देश्वरी सिंह, रामकिशोर सिंह, रोहित कुमार सिंह, रोशन सिंह, अरविन्द कुमार सिंह, वडा बाबु सिंह र रामविनोद सिंह मध्ये दुई जना रामकिशोर सिंह र रामविनोद सिंहलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा पेश गर्दा दुबै जना धरौटीबाट रिहा भएपनि अन्य पाँच जना फरार भएको थियो ।
विचारधिन मुद्दाको पेशी माघ २० गतेका दिन रौतहट जिल्लाका मुख्य न्यायाधीश मनोज केसीले रामकिशोर सिंह र रामविनोद सिंहलाई सफाई दिएको र नबालक निखिल सिंहलाई अपराध गरेको कसुर ठहर गरेकोमा पिडित जाहेरवाला राजन साह र उनका श्रीमती अनिता देवीले उक्त फैसलाको गम्भीर रुपमा आलोचना गरे ।
पीडित पक्षले रौतहट जिल्ला अदालत अगाडी नै न्याय नपाएकोमा न्यायाधीश मनोज केसीलाई कारवाही गर्न भन्दै चर्को नाराबाजी गरेर विरोध प्रदर्शन गर्न बाध्य भएको बताए ।हत्यामा संलग्न रहेको भएपनि आर्थिक चलखेलको आधारमा न्यायलाई नै समाप्त पार्ने यस्ता न्यायाधीशलाई कारवाही गरी पीडकहरुलाई कारवाहीको दायरामा ल्याउन भन्दै चर्को नाराबाजी गरे पीडित परिवारले ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।