www.zoom meeting download download zoom app for online classes join zoom meeting app download - join zoom meeting app download fractal zoom download download zoom academy for superheroes zoom laptop download

सर्लाहीमा नेपाली काँग्रेसको संस्थापन र इतर पक्ष विच झड्प मन्त्री सहित ६ जना घाईते

   २ मंसिर २०७८, बिहीबार १७:५१  

तराई टप संवाददाता
सर्लाही, २ मंसिर । नेपाली कांग्रेस सर्लाहीमा दुई गुट विच विहिवार दिउसो मलंगवामा कुटाकुट भएको छ, महिला बालबालिका युवा तथा खेलकुद मन्त्री बिरेन्द्र सिंह सहित ६ जना भन्दा बढि नेता एवं कार्यकर्ता घाईते भएका छन् ।
महाधिवेशनको विषयलाई लिएर संस्थापन र इतर पक्षको कार्यकर्ताबीच सर्लाही सदरमुकाम मलंगवामा आज दिउसो भएको कुटाकुटमा परेर ६ जना भन्दा बढि नेता तथा कार्यकर्ताहरु घाईते भएको हो ।
आन्तरिक विवादको कारण गत शनिवार निर्वाचन अधिकृत राजिनामा दिएपछि अधिवेशन स्थगित भएका थिए । संस्थापन पक्ष र इतर पक्षको सहमति अनुसार जिल्लामा बिहिबार वडा अधिवेशनको मिती तोकिएको थियो ।
तर मतदान अधिकृतकै विषयमा पुन ः विवादले चरम रुप लिए । निर्वाचन अधिकृत दिवाकर पाण्डेले बिहिबार एकपक्षियरुपमा नेम लिस्ट सार्वजनिक गरेपछि विवाद झन् चुलियो ।
उनीहरुले रातारात निर्वाचन कार्यालय पार्टी कार्यालयमा नराखी सभापति निकट होटेलमा राखेकोमा इतर पक्षले आपत्ती जनाए । विवादको क्रममा प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री बिरेन्द्र सिंहका अंगरक्षकले का“ग्रेस इतर पक्षका नेताद्वय विनोद खनाल र बलिराम झा माथी पेस्तोल ताकेपछि झडप भएको पूर्व सभापति लक्ष्मण रायले बताए ।
महिला बालबालिका युवा तथा खेलकुद मन्त्री सिंह सहित केही नेता एवं कार्यकर्ताहरु कुटाई खाएको बताइएको छ । यता सभापति नागेन्द्र कुमार रायले वडा अधिवेशनको लागि मतदान अधिकृत खटाउने विषयमा छलफल भइरहेको बेला निर्वाचन अधिकृतलाई घेरा हालेर हातपात गरेको दावी गरे । जारी विवादका कारण बिहिबारका लागि तय गरिएको कांग्रेसको वडा अधिवेशन अझै पनि अनिश्चित नै बनेको छ ।
जिल्ला सभापति नागेन्द्र कुमार राय प्रधानमन्त्री शेरबहादुर देउवा निकट र पूर्व जिल्ला सभापति लक्ष्मण राय वरिष्ठ नेता रामचन्द्र पौडेल निकट छन् । रायद्वय दुवै पार्टीका सभापतिका दावेदार हुन् । दुवै जना विच अहिले जिल्ला पार्टी कब्जा गर्ने होड्मा कार्यकर्ताहरु पिल्सिएको एक जना काँग्रेसी कार्यकर्ताले गुनासो पोखे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै