zoom join meeting id number - zoom join meeting id number zoom download poll report zoom 64-bit download free download zoom on laptop download zoom recording with captions

सर्लाहीको भाँडसरमा रहेको सशस्त्र प्रहरीको विओपी नसार्न स्थानीयको आग्रह

   ४ कार्तिक २०७७, मंगलवार १४:५६  

रौतहट, ४ कार्तिक । सर्लाहीको सिमावर्ती क्षेत्र भाँडसरमा रहेको सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट (विओपी) लाई अन्यन्त्र नसार्न स्थानीय बासिन्दाहरुले सम्बन्धित निकाय संग माग गरे अनुसार उक्त स्थानको विओपी नसार्ने सहमती भएका छन् ।
मलंगवा नगरपालिका वडा नम्वर ५ भाँडसरमा रहेको सशस्त्र प्रहरीको विओपीका एक जवानलाई केही दिनअघि नग्न अवस्थामा एक स्थानीयको घरमा फेला पारिएको घटनालाई लिएर केही व्यक्तिहरु आक्रोशित भई बीओपी नै हटाउनु पर्ने माग गर्दै आएका थिए ।
केही स्थानीयको माग अनुसार सो गाउँका बासिन्दाहरुलाई राखेर सशस्त्र प्रहरी बल नेपालको १० नम्बर गणका गणपती एवं एसपी गंगाराम श्रेष्ठले सोमवार छलफल गर्दा अधिकांशले सीमा सुरक्षाका लागि बीओपी रहदा उपयुक्त हुने र आफूहरु सुरक्षित रहेने बताए । सिमा वारिपारीको अबैध कारोवार तस्करीमा संलग्न हुने व्यक्तिको समूहले भने बीओपी रहन नहुने भन्दै निरन्तर रुपमा माग गर्दै आएको स्रोतले जनाएको छ ।
सशस्त्र प्रहरीले अनुशासन विपरीत अरुको घरमा पसेका जवानलाई महोत्तरीको बर्दिवास स्थित २ नम्वर बाहिनीमा पठाएर कारवाही अघि बढाईसकेको छ । स्थानीयहरुको माग अनुसार प्रहरी नायव निरीक्षक (सई) को कमाण्डमा रहेका भाँडसर विओपीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई खटाइएको जानकारी एसपी श्रेष्ठले दिए ।
यसैगरी गोडैता नगरपालिकाको बहादुरपुरमा रहेका बोर्डर आउट पोष्टमा पनि सोमवार साँझ देखि नै इन्सपेक्टर पठाइएको छ । अहिले विष्णु गाउँपालिकाको बारा उद्योरणमा रहेको बीओपी अब बहादुुरपुरमा सर्नेे भएको छ । भाँडसरमा इन्सपेक्टर श्यामबाबु यादव र बहादुरपुरमा इन्सपेक्टर उमेश आलेलाई पठाइएको जानकारी दिदै एसपी श्रेष्ठले दुवै ठाउँमा यसअघि सईले कमाण्ड सम्हाल्दै आउपनि अब उपरान्त इन्सेक्टरलाई कमाण्ड दिइएको स्पष्ट पारे । नेपाल सरकार मन्त्री परिषद्को बैठकबाटै निर्णय भए बमोजिम भारतसँग सीमा जोडिएको यि दुई स्थानमा सशस्त्र प्रहरीको बीओपी थपिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै