नेपाल पत्रकार महासंघको सचिव ठाकुरलाई समाजिक संजालबाट मार्ने धम्की

1562 Shares

तराई टप डेष्क
रौतहट, ३ मंसिर । रौतहट, वारा, पर्सा र वंश यादव नामक आइडीबाट नेपाल पत्रकार महासंघ रौतहट शाखाको सचिव तथा नागरिक दैनिकको पत्रकार मदन ठाकुरको तस्वीर माथि रातो रंगले क्रश गरेर नानाथरीको शब्द प्रयोग गरिएको स्टाटसबाट सिंगो रौतहटको संचार क्षेत्र स्तब्ध भएको छ ।
रौतहट, वारा, पर्सा र वंश यादव नामक आइडी चलाउने महासयलाई यति पनि जानकारी छैन विना इजाजत कसैको तस्वीर राख्न मिल्दैन त्यसमा पनि रातो रंगले क्रश गर्नु सार्वजनिक रुपमा मार्ने वा हत्या गर्ने धम्की दिए सरह भएको तराई टप अनलाइनको ठहर छ । त्यस्तो पोष्टमा मधेशको राजनिति गर्ने व्यक्तिहरुद्धारा अशोभनिय एवं अभद्र किसिमको कमेंट हुनु निकै आश्चर्यचकित बनाएको हो ।
गौरमा रहेका केही तथाकथित व्यक्तिहरु नक्कली आइडीहरु बनाएर यस्ता भ्रामक एवं कपोकल्पीत स्टाटस राख्नु र त्यसमा कमेन्ट गर्ने महासय एवं महापुरुषहरु विरुद्ध सम्बन्धित निकायले विद्युतिय ऐन अन्तर्गत कारवाही चलाएर कानुनी दायरमा ल्याई समाजिक संजाल प्रतिको विकृतिलाई हटाई सभ्य समाज बनाउन स्थानीय प्रहरी प्रशासन देखि लिएर समाजसेवी, नागरिक समाज तथा नेपाल पत्रकार महासंघ रौतहट शाखा गम्भीर भएर यस्ता समस्यालाई जरै देखि निर्मुल पार्ने कार्यमा जुट्नु पर्ने तराई टपले जोडदार रुपमा माग गर्दछ ।


(रौतहट, वारा, पर्सा नामक आइडीबाट स्टाटस आएपछि महासंघको सचिव मदन ठाकुरले आफनो स्टाटको माध्यमबाट सार्वजनिक गर्नु भएको विचार यसप्रकार छ । सामाजिक सञ्जाल फेसबुकमा विभिन्न व्यक्तिले विभिन्न आरोपसहित मेरो तस्बिरमा क्रस चिन्ह लगाएर ज्यानको धम्की दिएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यसरी सार्वजनिक रुपमा मलाई सांकेतिक रुपमा ज्यान मार्ने धम्की दिने ती व्यक्तिहरुको पहिचान गरी साइबर क्राइम मुद्दा सम्बद्ध निकायमा दायर गर्ने निष्कर्षमा पुगेको छु । सम्बद्ध निकायका अधिकारीसँग सम्पर्क गरी त्यसतर्फ यथाशीघ्र जाहेरीसहित कदम चाल्ने नै छु । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको रौतहट सचिव पदमा कार्यरत म पत्रकारसाथीहरुको हक हित र पेशागत सुरक्षाका लागि निरन्तर क्रियाशील रहँदैआएको व्यक्ति हुँ । पत्रकारलाई आइपर्ने जुनसुकै समस्यामा साथ र सहयोग गर्ने मेरो धर्म हो । जहाँसम्म पत्रकार मोजिबुल्लाहलाई लागूऔषध मुद्दामा फसाएको प्रकरण छ । त्यस घटनाको समुचित छानबिन हुनुपर्छ, न्याय पाउनुपर्छ र अभियुक्तले सजाय पाउनुपर्छ भन्ने ध्येयका साथ मोजिबुल्लाह पक्राउ परेदेखिनै मेलै लिएको अग्रसरता र सक्रियता जगजाहेर नै छ । अघिपछि उफ्रिने धेरै भए पनि अग्रपंक्तिमा उभिएर मोजिबुल्लाहका लागि सबूद प्रमाण जुटाउने र घटनामा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने कार्यमा म लगायतका पत्रकार साथीको सक्रिय योगदान छ । सबैको सक्रिय साथकै कारण मोजिबुल्लाहले न्याय पाउने वातावरण बनेको हो । त्यस क्रमा पत्रकार मोजिबुल्लाहले प्रहरीसमक्ष गरेको कागजमा म रोहबर बसेको कुरामा जुन आपत्ति प्रकट गरिदैछ, त्यो अत्यन्त निन्दनीय छ । कागज गर्ने व्यक्ति स्वयं पीडित मोजिबुल्लाह हुन् । उनले गरेको कागजमा म रोहबरमात्रै बसेको हुँ । पत्रकार सम्बद्ध घटना भएका कारण कागजको रोहबरमा बस्न आग्रह गरिएपछि म बसेको हुँ । मैले कसैलाई दबाव दिएको होइन । मेरो दबाब र प्रभावबाट यो काम भएको पनि होइन । कानुनी प्रक्रिया पुर्याउने क्रममा केवल प्रहरीसमक्ष गरिएको कागजमा साक्षी बसेको हुँ । अतः रोहबरमा बसेको विषयलाई अतिरञ्जित गरी भ्रम सिर्जना हुने किसिमले गरिएको दुस्प्रचार र तस्बिरमा क्रस चिन्ह लगाएर सांकेतिक रुपमा दिइएको धम्कीप्रति खेद व्यक्त गर्दै कानुनी उपचारको बाटो अख्तियार गर्ने निष्कर्षमा पुगेको छु । धन्यवाद)

प्रतिक्रिया

सम्बन्धित समाचार