बालेन शाहमा यदी हिम्मत छ “शीतल निवास र सिंहदरबारलाई भत्काएर देखाऊ” स्वतन्त्र साँसद डा. अमरेश सिंह

0 Shares
रौतहट, २८ माघ । प्रतिनिधि सभाका स्वतन्त्र साँसद डा. अमरेश सिंहले हिम्मत छ भने शीतल निवास र सिंहदरबारलाई भत्काएर देखाउ बालेन शाहलाई चुनौती दिएका छन् ।
सर्लाही निर्वाचन ४ बाट प्रतिनिधि सभा सदस्य पदका लागि स्वतन्त्र रुपमा निर्वाचित भएका सिंहले सोमवार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै काठमाडौंका मेयर बालेन शाहलाई चुनौती दिदै यदी तपाईमा हिम्मत छ भने शीतल निवास र सिंहदरवारलाई भत्काएर देखाए भनेका हुन् ।
“मेयर शाह हिटलर एवं तानाशाह शैलीमा हिजो आईतवार कवाडी कारोवारी माथि डोजर चलाएर मजदुरहरुलाई घाईते बनाएकोमा आक्रोशित बन्दै स्वतन्त्र साँसद सिंहले उनलाई आज प्रतिनिधि सभामा सम्बोधन गर्दै चुनौती दिए” ।
उनले प्रतिनिधि सभामा भने, “घाइते हुने मजदुरमा मुस्लिम पनि छ, दलित पनि छन्, मधेसी पनि छन् ।” राज्यले रोजगारी नदिदा स्वस्फूर्त रुपमा आफनो व्यवसाय संचालन गरेर जीवीकोपार्जन गरिरहेका मजदुर माथि डोजर चलाउने हिटलर प्रवृत्ति भएको ठहर गर्दै यत्रो उन्माद राम्रो र सभ्य शैली नभएको बताए ।
गरिब जनतामाथि डोजर चलाउने बालेनलाई चुनौती दिँदै हिम्मत भए सिंहदरबार र शीतलनिवास भत्काउन चुनौती दिए । ‘म बालेन साहलाई च्यालेञ्ज गर्छु हिम्मत छ भने संसद् भवन भत्काएर देखाऊ । हिम्मत छ भने सिंहदरबार भत्काएर देखाऊ । हिम्मत छ भने रामशाहपथको सर्वोच्च अदालत भत्काएर देखाऊ । हिम्मत भए बालुवाटार र शीतलनिवास भत्काएर देखाऊ’, उनले भने, ‘काठमाडौँका मेयरको नाजीवाद शैली चल्दैन ।’ स्वतन्त्र साँसद सिंहले यसरी प्रतिनिधि सभामा आक्रोश व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।