सिरहामा भईरहेको अबैध उत्खनन प्रति गम्भीर बन्न प्रतिनिधि सभाको ध्यानाकर्षण गराएः नेका साँसद चन्दा चौधरी

0 Shares
काठमाडौं, २९ माघ । नेपाली काँग्रेसकी साँसद चन्दा चौधरीले सिरहा जिल्लामा भईरहेको अबैध उत्खननको मुद्दा गम्भीर बन्न आग्रह गरिन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले सिरहामा भइरहेको अबैध उत्खननका कारण स्थानीय बासिन्दाहरु गम्भीर जोखिममा परेको  र त्यसले जनजीवनमा समेत प्रतिकूल असर पारिरहेको बताइन् ।
सिरहामा  भइरहेको अबैध उत्खननको मुद्दा प्रति थप गम्भीर बन्न आग्रह गर्दै उनले चिनियाँ ठेकेदार कम्पनीका कारण भइरहेको अबैध उत्खननलाई रोक्न संसदीय समिति गठनको माग गरिन । उत्खननको क्रममा प्रहरीले एकजना चिनियाँ नागरिकलाई पक्राउ गरेको भए पनि स्थानीय प्रतिनिधिहरूले त्यो विषयमा पर्याप्त चासो नसकेकोमा दुख व्यक्त गरिन ।
अबैध उत्खननका कारण खुट्टी खोला आसपासका बस्तीहरु जोखिम एवं  खतरामा परेको भन्दै कृषिमा आश्रित किसानहरूको जीवनमा गम्भीर असर परेको उल्लेख गरिन् ।
राजमार्ग नजिकै बसोबास गर्ने ठूलो जनसंख्या शुद्ध हावाबाट बञ्चित हुन पुगेको समेत उनले बताइन् । उनले यो विषयमा स्थानीय, प्रदेश र संघीय सरकारलाई ध्यान दिन आग्रह गर्दै संसदीय अनुगमनको माग गरेकी छिन् ।
चौधरीले विशेष रूपमा सिरहाको कर्जन्हा, मिर्चैया, नरहा, गोलबजार र गढीमाई नगरपालिकाका नदीहरूमा चिनियाँ ठेकेदार कम्पनी चाइना रेलवे टु ईञ्जिनियरिङ ग्रुपले अबैध उत्खनन गरिरहेको आरोप लगाइन । त्यस कम्पनीले पूर्व पश्चिम राजमार्ग अन्तर्गतको कमला–कञ्चनपुर सडक खण्डको स्तरोन्नति कार्य गरिरहेको आडमा नदीहरूमा डोजर र स्काभेटरको प्रयोग गरेर व्यापक उत्खनन गरेको गम्भीर आरोप लगाइएको छ ।
साँसद चौधरीका अनुसार २०७९ चैत ११ गते सिरहाको लहान नगरपालिका सँग दुई वर्षको ठेक्का सम्झौता गर्दा उत्खननको लागि डोजर वा स्काभेटरको प्रयोग नगर्ने सर्त राखिएको थियो । तर, कम्पनीले त्यो सर्त उलंघन गर्दै आएको छ ।
खुट्टी र सरायु खोलाको संगमस्थल उत्तरतर्फ रहेको संरक्षित क्षेत्रमै उत्खनन भइरहेको मिडियाले रिपोर्टमा आएको जानकारीलाई उल्लेख गरिन् । सांसद चौधरीले २०८१ मंसिर ३ गते सर्वोच्च अदालतमा रिट दर्ता भएको भए पनि सम्बन्धित निकायले अझै ध्यान नदिएकोमा गम्भीर चिन्ता व्यक्त गरिन् ।
यसै क्रममा उनले चुरे क्षेत्रको महत्व र यसले मधेशको पानी प्रणालीमा पारिरहेको प्रभावका बारेमा चर्चा गरिन् । चुरेको रिचार्ज सिस्टम ध्वस्त हुँदा जमिनमुनिको पानीको स्रोतमा प्रतिकूल असर परेको र मधेशका जनताले खानेपानीको अभाव झेलिरहेको उनले भनिन ।
सांसद चौधरीले नेपालको जलवायु परिवर्तनमा देखिएको प्रभाव प्रति गम्भीरता दर्शाउँदै चुरे क्षेत्रको संरक्षणमा सबै पक्षले ध्यान दिनु पर्नेमा जोड दिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।