0
Shares
भारतीय सुपरस्टार रबी किशन, विनय विहारी देखि लिएर महाकुम्भको आकर्षण मोनालिसा आउदै
मौलापुर नगरपालिकामा अवस्थित पुरातात्विक महादेव मन्दिरमा हुन गईरहेको मधानी महायज्ञमा भारतीय सिताराहरु रबीकिशन, विनयविहारी, रितेश पाण्डे सहित नेपाली कलाकारहरु र हालै प्रयागराजबाट चर्चामा आएकी मोनालिसा आउदै छिन् के तपाईहरु आउदै हुनुहुन्छ, तपाईहरुको लागि आयोजकले भव्य रुपमा स्वागत गर्न तयारीमा जुटेका छन् ।
मौलापुर (रौतहट), ३० माघ । प्रत्येक बर्ष झै यसपाली पनि रौतहटको मौलापुर नगरपालिका स्थित पुरातात्विक महादेव मन्दीरमा हुदै आएको मधानी महायज्ञ महोत्सव फागुन ११ गते देखि सुरु भईरहेका छन् ।मधानी महायज्ञलाई देश विदेशमा प्रख्यात गराई देशी विदेशी श्रद्धालु भक्तजनहरुलाई मौलापुर तर्फ आकर्षित बनाउन आधुनिक युगका कलाकारहरुलाई मौलापुरमा यसपाली जमर्को लाग्ने भएका हुन् । नेपाल भारत सहित विश्वमा आफनो अभिनयबाट दबदबा बनाउन सफल भएका भारतीय भोजपुरी जगतका सपरस्टारहरु मौलापुरमा आउन लागेको हुँदा तपाईहरु पनि उत्साहपूर्वक निमन्त्रणा आयोजक समितिले दिएका छन् ।यही फागुन ११ गते देखि मौलापुर नगरपालिकामा मधानी महायज्ञमा नेपाल भारतका चर्चित कालाकारहरुको जमघट हुने मौलापुरका नगरप्रमुख रिनाकुमारी साहले भनिन ।मधानी महायज्ञ भव्यरुपमा सम्पन्न गर्नका लागि तयारी तिब्र रुपमा भईरहेको बताउदै हिन्दी, भोजपुरी सिने जगतका चर्चित कलाकार एवं सांसद रवि किशन, भोजपुरी सिने जगतका लेखक, निर्माता तथा विधायक बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डेको महायज्ञमा हुने विशेष प्रस्तुती रहने उनले भनिन ।यस्तै मधानी महायज्ञमा महाकुम्भ मेलाका भाईरल गर्ल मोनालिसा सहित मिंटुवा भोजपुरीया (कलाकार), सुनील पंडित (गायक), अनु चौधरी (गायिका), सदाम हुसेन (कलाकार), रचना सिवाकोटी (कलाकार), रुद्र नारायण तिवारी (गायक), प्रीति आर्या पासवान (कलाकार), प्रिया सुहानी (कलाकार), रोसनी राज (कलाकार), सरिता साह (कलाकार), अर्जुन बीसी (कलाकार), मनीषा राई (कलाकार) सहितका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कलाकारहरुको समेत सहभागिता हुदैछ आयोजकले जानकारी गराए ।यसअघि मधानी महायज्ञमा हिन्दीका स्टार गोविन्दा, नेपाली स्टारहरु राजेश हमाल, पल शाह, भोजपुरीका स्टारहरु दिनेशलाल यादव निरहुवा, पवन सिंह, खेसारीलाल यादव, अम्रपाली दुवे, अक्षरा सिंह लगायतका नेपाल र भारतका कलाकारहरु सहभागि भईसकेका छन् ।यसैगरी मधानी महायज्ञमा भारतको काशी विश्वनाथ मन्दिरका मुल पुजारी डा. श्रीदेव मिश्र, बनारस हिन्दु विश्व विद्यालय वेद विभागका प्रमुख प्रोफेसर पतन्जली मिश्र, ईन्डोलोजिक सर्भिसेज काशी, वाराणशी भारतका अध्यक्ष आचार्य शंकर सहितका विशिष्ट व्यक्तित्वहरुको सहभागिता हुने बताईएको छ । मधानी महायज्ञमा नेपाल र भारतका साधुसन्तहरुको विशेष जमघट हुने गरेको छ । यस अघिको महायज्ञमा पशुपतिनाथ मन्दिर काठमाडौंका मुल भट्ट, बाबाधाम भारतका पुजारी सहितका विशिष्ट व्यक्तिहरुको समेत सहभागिता भईसकेको छ । यसैगरी महायज्ञमा प्राचिन खेल कुस्ती÷दंगलको समेत कार्यक्रम रहेको छ ।मौलापुर नगरपालिका स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पतौरा पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गराउने संकल्प सहित मधानी महायज्ञ आयोजना हुदै आएको छ । मौलापुरका मेयर साहले मधानी महायज्ञमा नेपाल र भारतका लाखौं दर्शानार्थीहरु आउँने गरेकाले यसबाट दुबै देशको सम्बन्ध अझै बलियो बनाउने काम समेत गर्ने बताईन् ।‘पतौरा स्थित पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गर्न सरकारसंग हाम्रो जोडदार माग गर्दछौं । यो धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गर्न सरकारले ध्यान देओस,’ मेयर साहले भनिन्, ‘यो पुरातात्विक मन्दिरको उत्खननको केन्द्र सरकारले गरिरहेको छ तर उसको काम ठिक छैन् । कहिले खन्ने कहिले छोड्ने काम गरेर बर्बाद गर्दैछ । सही तरिकाले काम गर्न हामी सरकारसंग आग्रह समेत गर्न चाहन्छौं उनले भनिन ।’मधानी महायज्ञ प्राचिन यज्ञ भएको बताउदै उनले यहाँ ब्राह्मण बिना नै मन्त्रको जप हुने गरेको बताईन् । आउँदो फागुन ११ गतेदेखी सुरु हुन लागेको मधानी महायज्ञ पाँच दिनसम्म चल्ने छ । मेयर साहका अनुसार ११ फागुनमा उदघाटन समारोह, १२ फागुनमा शिव वारात यात्रा, १३ गते मधानी विशेष पुजा समारोह, १४ गते मधानी विशेष सांस्कृतिक समारोह र १५ गते मधानी विशेष दंगल कार्यक्रम रहेको छ ।‘यो मन्दिर नेपाल सरकारको १०० वटा प्रमुख पर्यटकीय गन्तव्यमा समावेस भईसकेको छ । हजारौं बर्ष पुरानो प्राचिन ईतिहास बोकेको पुरातात्विक महादेव मन्दिरको अनौठो किसिमको महिमा र विशेषता रहेको छ । यहाँ गरिने भगवान शिवको पुजा अनुष्ठान पनि विश्वकै एक पृथक एवं मौलिक शैलिको रहेको छ,’ मेयर साहले भनिन्, ‘यस धर्तिमा लोक एवं मौलिक शैलिमा गरिने भगवान शिव पार्वतिको वैवाहिक उत्सवको रुपमा मनाइने धार्मिक अनुष्ठान मधानी हो । जसलाई यस धर्ति र क्षेत्रको विशेष अनुपम शिव अनुष्ठानको रुपमा लिईन्छ ।’मधानी महायज्ञ आम जनता पार्टी (आजपा) का अध्यक्ष, संघीय सांसद तथा पूर्वमन्त्री प्रभु साहको प्रमुख आतिथ्यमा हुने आयोजकले जनाएको छ । यस अघि महायज्ञमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी देखी लिएर पशुपतिनाथका मुल भट्ट पुजारीद्धारा बिधिपुर्वक पुजा आराधना भएको थियो । प्रत्येक बर्ष बिभिन्न बिशिष्ट व्यक्तित्वको सहभागिता हुदै आएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन