zoom meeting app paid version download zoom for window 10 recommended download speed for zoom zoom data usage on pc - zoom data usage on pc zoom app windows - zoom app windows

सशस्त्र प्रहरीद्धारा सिरहामा १० विगहा गाँजा खेती नष्ट

   ५ मंसिर २०७८, आईतवार १६:२२  

तराई टप संवाददाता
सिरहा, ५ मंसिर । सशस्त्र प्रहरी बल २ नम्वर बाहिनी छिन्मस्ता बाहिनीबाट खटिएको सशस्त्र प्रहरीको विशेष टोलीले सिरहाको मिर्चैया नगरपालिकाको विभिन्न स्थानमा लगाइएको १० विगहा गाँजा फडानी गरेको छ ।
विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल २ नम्वर बाहिनीबाट खटिएको विशेष दस्ताले सिरहाको मिर्चैया नगरपालिका ७ रामपुर, ८ फुलवरिया, ९ कमलादह र गोलबजार नपा ७ बुद्ध चोक, ८ जिम्दारटोल र १० धरमपुरामा करिव १० विगहा जग्गामा लगाइएको गाँजा खेतीलाई शनिवार नष्ट गरिएको सशस्त्र प्रहरी बल २ नम्वर बाहिनीले जनाएको हो ।
नेपालमा प्रतिबन्ध रहेको गाँजा खेतीलाई सिरहामा व्यवसायीक रुपमा खेतीपाती गरिरहेको जानकारी बाहिनीमा प्राप्त भएपछि सोको सत्यतथ्य पत्ता लगाएर विशेष टोली बनाई गाँजा खेती नष्ट गरिएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै