नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल, भारत, र बङ्गलादेशबीच भएको त्रिदेशीय विद्युत् व्यापार सम्झौतालाई देशको समृद्धिका लागि कोसेढुङ्गा भएको बताएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का पदाधिकारीहरूसँग आज भएको भेटमा उनले आफ्नो प्रधानमन्त्रीत्वकालमा भारत भ्रमणका क्रममा भारतीय समकक्षीसँग त्रिदेशीय विद्युत् व्यापार सम्झौताका लागि पहल गरेको स्मरण गराए।
“मैले भारत र बङ्गलादेशसँग निकै मेहनत गरेर विद्युत् व्यापार सम्झौता गरेको थिएँ। यो सम्झौता नेपाललाई आर्थिक समृद्धिको दिशामा अघि बढाउने महत्त्वपूर्ण कोसेढुङ्गा हुनेछ,” प्रचण्डले भने। उनका अनुसार, जलविद्युत् उत्पादनमा गुणात्मक वृद्धि गरी नेपालले भारत, चीन, बङ्गलादेशलगायतका मुलुकलाई निर्यात गरेर समृद्धिको सपना पूरा गर्न सक्छ।
उनले भारत हुँदै बङ्गलादेशमा विद्युत् निर्यात गर्ने, भारतलाई आगामी दश वर्षभित्र १० हजार मेगावाट विद्युत् बिक्री गर्ने सम्झौता तथा चीनमा विद्युत् निर्यात गर्ने समझदारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। “अब हाम्रो मुख्य ध्यान विद्युत् उत्पादनको विस्तारमा केन्द्रित हुनुपर्छ,” उनले भने। प्रचण्डले यस सम्झौताले नेपाललाई ऊर्जा व्यापारमा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने अवसर प्रदान गर्ने बताउँदै जलविद्युत् क्षेत्रमा थप लगानी र दीर्घकालीन योजना आवश्यक रहेको स्पष्ट पारे।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन