गिरिजाप्रसाद कोइरालाले विधेयक फेल भएपछि राजीनामा दिए, ओलीले किन दिन सकेनन् ? खनाल

0 Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाउँदै संसद् विघटनको निर्णयलाई कम्युनिस्ट आन्दोलनविरोधी सबैभन्दा खतरनाक कदम बताएका छन्। उनका अनुसार, ओलीको यही निर्णयले पार्टी विभाजनको अवस्था सिर्जना गर्‍यो।

हिजो (बिहीबार) राति प्राइम टिभीको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा खनालले वर्तमान राजनीतिक सङ्कटको एकमात्र समाधान वैज्ञानिक समाजवाद भएको दाबी गरे। त्यसका लागि अब क्रान्तिकारी कार्यदिशा अवलम्बन गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ।

खनालले सरकारको अध्यादेश फेल भएमा प्रधानमन्त्री ओलीले नैतिक जिम्मेवारी बहन गर्दै राजीनामा दिनुपर्ने सुझाव दिए। उनले विगतमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसदमा विधेयक असफल भएपछि राजनीतिक नैतिकता देखाउँदै राजीनामा दिएको उदाहरण प्रस्तुत गर्दै ओलीलाई पनि त्यही मार्ग अपनाउन आग्रह गरे।

कार्यक्रममा पत्रकार धमलाले रवि लामिछानेको भविष्यबारे जिज्ञासा राख्दा खनालले प्रशासनले लामिछानेमाथि अनावश्यक खेदो खनेको आरोप लगाए। उनले भने, “रवि लामिछानेले गल्ती गरेका छन् भने अदालतले छानबिन गरोस्, तर प्रशासनले अत्यधिक तनाव दिने प्रवृत्ति गलत हो। कुनै व्यक्तिलाई १०-२० वटा मुद्दा लागे पनि एउटै ठाउँमा राखेर कानुनी प्रक्रिया पूरा गर्न सकिन्छ। तर अहिले जस्तो कहिले चितवन, कहिले बुटवल, कहिले पोखरा, कहिले काठमाडौं घुमाइरहने शैली ठीक होइन। सरकारले जबर्जस्ती थिचेर दबाउन खोजेको जस्तो देखिन्छ।”

खनालले ओलीको नेतृत्वप्रति कडा असन्तुष्टि व्यक्त गर्दै अहिलेको बाटो पूर्ण रूपमा गलत भएको टिप्पणी गरे। उनले ओलीलाई आग्रह गर्दै भने, “यो गलत बाटो छोड्नुहोस्, कम्युनिस्ट आन्दोलनको पुनरवलोकन गर्नुहोस्। पार्टीलाई सही दिशामा लैजानुस्, आफ्ना गल्ती सच्याएर सबै कम्युनिस्टलाई एक ठाउँमा ल्याउने पहल गर्नुहोस्। आग्रह–पूर्वाग्रह त्यागेर साझा आधारमा एकता खोज्नुहोस्।”

खनालको तीव्र आलोचनासँगै कम्युनिस्ट आन्दोलनलाई एक ढिक्का बनाउने आवश्यकताको कुरा बलियो रूपमा उठेको छ। नेपाल पानाबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।